झुम्का, नविन कुमार चौधरी,
सबैको जिवन रक्षा गर्ने किसान आँफै मारमा परेको छ । अनेक अभाव र संकट सहेर दुःख गरेर लगाएको बाली उपभोग नर्ग नपाउदै खेतमै सकिने खतरा भएकोले किसानहरु मारमा परेको हो ।
रामधुनी नगरपालिका वडा नं. ९ मर्चैया पूर्व बाधमा विघौ विघा लगाएको मकैबालीमा बाँदरको आतङ्क देखिए सँगै किसानहरुले कहिबाट पनि राहत नपाउने महशुस गरेको एक किसानले बताएको छ । मर्चैया निवासी सत्य नारायण शाहका अनुसार दत्तकिच्चा खोला छेउमा लगाएको मकै बाली फल्न भख्खर शुरु भएको र सो मकैमा बाँदरको आतङ्कले एउटै मकै हाथ नलाग्ने उनी बताउँछन् । उनी भन्छन् “शुरुमा विउको अभाव, त्यसपछि खाद्यको अभाव, पानीको अभाव, ति सबै अभावका बाबजुद मकै लगाइयो, लकडाउनले थप अभावहरु बढ्दै गइरहेको छ , औषधि खोज्यो औषधि पाइदैंन, फल लाग्न पाएको छैन अव बाँदरले सखाप गर्न लाग्यो, उब्जेको गहूँ बजारमा लान सकिदैन, अन्न छ खान सकिदैंन । राहत मागौं खेती गर्नेले राहत पाउँदैन, किसानको समस्या कस्ले बुझ्ने, के किसानले खेत खानु ? उनी भन्छन् ।” उनी जस्तै खेती किसानी गर्ने धेरैको अवस्था यस्तै छन् । कोही आफ्नै खेतपात गर्छन भने कतिपय किसानहरु अरुको खेत भएपनि जिवन निर्वाहको लागि ठेक्का पट्टा गर्दै आइरहेका छन् । बाँदरमात्र हैन लकडाउन शुरु भए सँगै खेतमा लगाएका किराना बालीहरु मकै, प्याज, तरकारी आदिमा चोरीको समस्या पनि बढेको छ ।
मर्चैयाकै अर्का किसान भुवनेश्वर चौधरीले अव लाग्ने बाली पाटाको विउ पनि गतको भन्दा दोब्बर मुल्य बढेको र खेती लगाउन आवश्यक खाद्य मल अभाव भएको बताएको छ । उनी भन्छन्, पहिला पहिला यता तिर बाली लाउनै सकिदैन थियो, चैते बाली दाल गहुँ भित्रियाए देखीनै अनेरी शुरु हुन्थ्यो । मानिसहरुले घरेलु चौपाया छारा छोड्ने गर्दथ्यो, यस पालि वडा कार्यालयले वृहत मकै खेती योजना ल्याएकोले प्राय सबै किसानहरुले बाली गलाएको छ, अब गाई बस्तुबाट बाली जोगिने भयो तर खाद्य, मल, विउ विजन, औषधिको अभावले हुन लागेको बाली पनि हुदैन कि भन्ने डर भएको बताउँछन् । त्यसतै उनले भख्खर फल लाग्न शुरु भएको मकैलाई बाँदरले खान थाले पछि कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गरेको छ । अर्को तिर कोरोनाको प्रभावले जारी लकडाउनको कारण सबैभन्दा बढी मार्का किसानलाई नै परेको उनले बताए ।
एकातिर विभिन्न अभाव र चुनौति त छदै थियो अर्को तिर सरकारले लगाएको अनिश्चितकालिन लकडाउनले किसानहरुमा झन निराशा छाएको छ ।
अर्का किसान ढोरन चौधरीको भनाइ भने यस्तो छ, “लकडाउनको अवस्थामा व्यवसाययीहरुले महगों मुल्य लिएर भए पनि सामान बेचिरहेकै छन्, किसानले भने उब्जाएको सामान सस्तो मुल्यमा पनि बेच्न पाएको छैन । नग्देबालीहरु खेतमै सडेर जाने अवस्था छ, जिन्सी बाली बजार लाने वातावरण छैन, किसानले के खाने ? सरकारले उपलब्ध गराउने राहतबाट पनि किसान बञ्चित छन्, सबैलाइै थाहा छ खेतिले जिवन चलाउन गाह्रो छ तर पनि किसानको घरमा खाद्यान्न छन भनेर सरकारले किसानलाई राहतबाट पन्छाएको छ ।”
सरकारले मजदुरी गर्ने लाई राहत दिने भनिए पनि किसानहरुले आफुहरु पनि राहत पाउनुपर्ने माग गर्दैआइरहेको छ ।