झुम्का, नविन कुमार चौधरी,
सुनसरीको रामधुनी नगरपालिका अन्तर्गतका झुम्का कृषि फारममा रहेको क्वारेन्टाइन केन्द्रका सबै जना सुरक्षित रहेको क्वीक रेस्पोन्स टिमका संयोजक डेगराज फुयाँलले जानकारी दिएको छ ।
एक साात हुन लाग्दा पनि स्वास्थ्यमा कुनै खराबी नआएको र त्यसतो कुनै लक्षण नदेखिएकोले तिनिहरु सुरक्षित रहेको जिकिर गरेका छन् । क्वारेन्टाइनमा राखिएका तिनिहरुको स्वास्थ्य परिक्षण विशेष प्रविधि अपनाएर भइरहेको छ । २४ सै घण्टा स्वास्थ्यकर्मी टोलीको निगरानीमा रहेको क्वारेन्टाइन केन्द्रमा ३५ जनालाई राखिएको छ । ती मध्ये रामधुनी नगरपालिकाका २१ जना छन् भने १४ जना बराहा नगरपालिकाका हुन । उनीहरु एक साता अगाडि काठमाडौं र धादिङ बाट आएको हो । कम्तिमा पनि २१ दिन क्वारेन्टाइनमा राखेर तिनिहरुको स्वास्थ्य अवस्था चेकजाँच गरिरहेको जनाएको छ । अहिले सम्म कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएकोले सुरक्षित भएको जनाएको हो ।