झुम्का, नविन कुमार चौधरी ,

विश्वभरका मानिसहरु कोरोना भाइरसका महामारीविरुद्ध लडिरहेका अवस्थामा फेरी एक सहयोगी हाथले रामधुनी नगरपालिकालाई २५ हजार रकम सहयोग गरेको छ ।
कोरोना नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउनले प्रभावित परिवारलाई थप सहयोगको लागि रामधुनी नगरपालिका वडा नं. १, शिव चौक निवासी श्री सन्तोष ढुङ्गानाले सो रकम १ नं. वडाध्यक्ष महेश कुमार चौधरीलाई हस्तान्त्रण गरेको हो । श्री लक्ष्मी सप्लायर्सका संचालक ढुङ्गानाले सो रकमबाट वडा नं. १ का अति विपन्न परिवार तथा ज्याला मज्दुरी गर्ने मानिसको दैनिक छाँक टरोस र तिनलाई राहत पुगोस भन्ने उद्देश्यकासाथ वडालाई रकम हस्तान्त्रण गरेको जनाएको छ । वडा नं. १का वडाध्यक्ष महेश कुमार चौधरीले सहयोगदाता सन्तोष ढुङ्गानालाई धन्यबाद दिंदै अन्य सहयोगीहाथ हरुलाई पनि सहयोगको लागि अपिल गरेका छन् ।
वडाध्यक्ष महेश चौधरीले वडा नं. १ नगरको ठूलो र अति विपन्न तथा दलित बस्ति भएको वडा भएकोले राहत वितरण कार्य जारी नै रहेको जनाएकोछ । वडाले पहिलो चरणको लगत अनुसार ६२५ घर परिवारलाई राहत वितरण गरेको थियो भने छुटफुट भएका थप ४०० जनाको लगत संकलन गरिएको छ । जस मध्ये २१० जना घर परिवारलाई राहत वितरण गरिसकेको छ । यो संगै वडा नं. १ ले ८३५ घर परिवारलाई राहत वितरण गरिसकेको छ । बाँकी घरपरिवारलाई आजबाट वितरण गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen