झुम्का, नविन कुमार चौधरी
बैशाख महिना भरी शिराथानको पुजा सँगै शिरुवामेला लाग्ने गरेतापनि यसवर्षको कोरोना भाइरसको प्रभावले शिरुवा मेला भने नलाग्ने भएको छ । प्रत्येक वर्ष १ गतेका दिन रामधुनी नगरपालिका वडा नं. ७ मा अवस्थित पन्चायन जव्दी थानमा भव्य मेला लाग्ने गरिन्छ । मेलामा भाकल अनुसार, दुध, दही, परेवा, बोका आदि चढाउने गरिन्छ । मेला नलागेतापनि ग्रामथानमा सदाको वर्षझै पजुपाठ भने गरिएको दर्शनार्थी तथा भक्तजनहरुले भिडभाड नगरीकन भाकल चढाएको थियो । त्यसतै इटहरी नपा वडा नं. १६ उब्धीमा पनि बैशाख १ गते शिरुवा मेला लाग्ने गरिन्छ । यसवर्ष उब्धीमा पनि मेला लागेन । कोरोना भाइरसको प्रभावलाई नियन्त्रणकालागि नेपाल सरकारले गरेको लकडाउनको पालनाहेतु वडाले वडाबासीहरुमा सूचना जारी गरी मेला नलगाउन अनुरोध गरिएको थियो । उब्धीको थानमा पनि विधिवत पुजापाठ गरि शिरुवा पर्व मनाएको स्थानियबासीहरुले जानकारी दिएको छ । १६ नं. वडाध्यक्ष दिपनारायण चौधरीका अनुसार यतिबेला देशमा कोरोना नामक ठूलो चुनौति आएकोले गर्दा आ–आफ्नै घरमा सुरक्षितसाथ रही शिरुवा मनाउन वडाबासीहरुमा सूचना जारि गरिएको जनाएको छ । उहाँले सुरक्षा सँगै सम्पूर्ण वडाबासीहरुमा नयाँवर्ष तथा शिरुवा पर्वको अवसरमा शुख, शान्ति तथा समृद्धिको कामना गर्दै लकडाउनको पालना गर्न अनुरोध गर्नुभएको थिायो ।
यसैगरी आज बैशाख दुईगतेका दिन इनरुवा नपा वडा नं. ७ चाँदबेलामा पनि डोरा मेला लाग्ने गरिन्छ । कोरोनाको प्रभावका कारण डोरा मेला पनि लागेको छैन । उक्त मेलामा मानिसहरुले भाकल अनुसार हाथीघोडा फुल, लडुपान सुपारी, हाँस, परेवा, बोका, चढाउने गर्दछन् । मेला पोखरीको महिमालाई स्मरण गर्दै लगाइरहेको स्थानिय मनिषा चौधरीले जानकारी दिएकी छिन् । परापूर्वकालमा पोखरीमा भाडा वर्तन निस्किने गर्दथ्यो जुन त्यहाँका स्थानियबासीहरुले विहेभोजको बेला पोखरीमा विशेष गोचर विन्ती गरेपछि पोखरीले प्रदान गर्दथ्यो । पोखरीबाट प्राप्त भाडा मध्ये एकदिन कसैले भूलबस एउटा भाडा पोखरीमा नफर्काएपछि त्यसदिन देखी सो पोखरीले भाडाकुडा दिन छाडेको किम्बदन्ति रहेको छ । तिनकै नाममा ग्रामथान स्थापना गरिएको छ । सोही शक्तिलाई आवाहानगरेर अहिलेपनि साँचोमनले भाकल गरेपछि पुरा हुने जनविश्वास रहीआएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen