झुम्का, नविन कुमार चौधरी
प्रत्येक वर्ष झै यस वर्षपनि नयाँ वर्षको आगमनलाई स्वागत गर्दै तराई बस्तीमा खाशगरी थारु समुदायमा जुरशित्तल भव्यताका साथ मनाएको छ । वितेको वर्षमा जे जस्तो भएपनि नयाँ वर्षमा सबैमा शुख, शान्ति, समृद्धि एवं ऐश्वर्य छाओस् भन्ने मनोकामनाका साथ बैशाख १ गते जुरशित्तल मनाउने परम्परा रहिआएको छ ।
सूर्याेद्य पूर्वनै स्नान गरी कुलदेवता तथा ग्राम देवतालाई जल अर्पन गरी शुख, समृद्धि एवं ऐश्वर्यको आशिर्वाद माग्दै आफु भन्दा ठूला र मान्यजनसँग चरणमा जल चढाई आशिर्वाद थाप्ने र आफुभन्दा सानोको शिरमा जल दिएर जुरशित्तल भन्ने चलन परापूर्वकालदेखी नै चलिआएको छ । जुर शित्तलको शाब्दिक अर्थ शित्तलता हो र यसको भाव शुख, शान्ति र शुभलाभ प्राप्त गर्नु रहेको छ ।
वर्षभरीमा दुःख, शुख, वाद विवाद, मन मुटाव जे भएपनि अवका दिनदेखी त्यसतो नहोस, मैले गरेका सबै भूलहरु आजबाट माफ गरिदिनु भनेर एक आपसमा बैरीपना हटाएर आजबाट सदभावका साथ अगाडि बढुन भन्ने कामना साथ इष्टदेव तथा आफन्तजनमा जल साटासाट गर्ने गरिन्छ भन्ने पौराणिक धारणा रहेको छ ।
जुरशित्तलको एउटा महत्वपूर्ण पोटो छ । बरिष्ठलाई सम्मान, कनिष्ठलाई माया र स्नेह । सूर्योदय पूर्व स्नान पश्चात इष्टदेवतामा जल अर्पण गरिसकेपछि सबैभन्दा पहिले घरका जेष्ठ मान्यवरलाई जल अर्पण गरेर शिरमा जल ग्रहण गरी आशिर्वाद लिने गरिन्छ । घरका जेष्ठ अर्थात हजुर आमा, हजुरबुवा, बुवा, आमा, काका,काकी हुँदै दाजुभाई, दिदीबहिनीमा यो जल साँटासाँट गरिने चलन रहेको छ ।
शिरुवा पर्वलाई झकिझकाउ बनाउनुमा महिलाहरुको ठूलो भूमिका रहन्छ । शिरुवा पर्व आउनु अगाडि नै शिरुवाको स्वागतको लागि घर आँगन चिटिक्क बनाउने, भित बाँध्ने, कोहबर लेख्ने कला महिलाहरुले पुस्तौलीरुपमा शिप हस्तान्त्रण गर्दै सिकेका हुन्छन् । सोही कलालाई महिलाहरुले शिरुवाको स्वागतका लागि प्रदर्शन गर्ने गर्दछ ।
थारुभाषामा एक भनाइ रहेको छ “गहने गुरये बौह सुन्दर आ निप्ने पोछ्ने घर सुन्दर । ” अर्थात स्वास्नी राम्री गहनाले देखिन्छ भने घर राम्रो लिपपोतले देखिन्छ । जुन कौशल थारु महिलाहरुमा परापूर्वकालदेखी नै रहिआएको छ । महिलालाई शान्ति र स्नेहको प्रतिक पनि मानिन्छ, जसरी जुरशित्तललाई मानिन्छ ।

प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन अर्थात बैशाख १ गते गरिने जुरशित्तल कुनै कुनै ठाँउमा बैशाख २ गते पनि मनाउने चलन रहेको छ । यसका साथै बैशाखमा शिरा थानको पुजा, बहरजत्रा आदि पनि गर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen