प्रदीप जस्मैत चौधरी ।। कालाबन्जर, चैत २८ गते ।

सुनसरिको बाराहक्षेत्र नगरपालिकाले नगरपालिका कोष एवम् विभिन्न संघ संस्था तथा दातृ निकायहरुबाट पाएको आर्थिक सहयोगबाट एकैपटक सबै वडामा राहत वितरण गर्ने भएको छ ।

एघार वटा वडा रहेको बाराहक्षेत्र नगरपालिकाले नगरक्षेत्रभित्र रहेका अति विपन्न, दैनिक ज्यादारी, एकल महिला, पुरुष लगायतलाई वैशाख १ अर्थात नयाँ वर्ष अगावै राहत उपलब्ध गराउने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । कोभिड–१९ नेपालमा संक्रमण नहुन दिनको लागी विगत दुई साता देखी भएको लकडाउनमा जिवनयापनमा केही सहजता होस् भन्ने उद्देश्यले खाद्यन्न सामग्रीहरु उपलब्ध गराउन लागिएको बाराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले बताउनुभयो ।

नगरपालिकाले राहत सामग्री वितरणमा एकद्घार प्रणाली अप्नाउने नीति अनुसार नगरक्षेत्रभित्रका संघ संसथा, दातृ निकाय, समाजसेवीहरुलाई आर्थिक सहयोग गर्नको लागी यसअघि अपिल गरेका थिए । नगरपालिकाले गरेको अपिल अनुसार विहिवार र शुक्रवार मात्र महेन्द्रनगर बचत तथा ऋण सहकारी रू ५१ हजार, अमाह सामुदायिक बन वराहक्षेत्र ( ५,( ४५ हजार, नेपाल मानव धर्म सेवा समिति साविक भरौल रु ११ हजार १ सय ११ रुपैया, माननीय उमिता वराईलि प्रदेश सभा सदस्य १ नं प्रदेश ५१० केजी चामल, सप्तकोशी बहुमुखी क्याम्पस वराहक्षेत्र ६, ( ६५ हजार, न्यू स्टार क्लब वराहक्षेत्र(५,कालाबन्जरले ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको बाराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले बताउनुभयो । राहत कोशमा अहिले सम्म २४ लाख ५२ हजार ३ सय जम्मा भएको छ खनाल बताए । यो राहत कोशमा हामीले ५२ लाख जम्मा हुनु र गर्ने लक्षरहेको नगरप्रमुख खनालले बताउनुभयो । हाम्रो अनुमानमा ११ वडामा लग भग १ करोड खर्च लाग्न छ तर अहिले सम्मा हामी सँग २४ लाख मात्र आर्थिक सङ्कन भएको छ । हामीले गोश्टी, सेमिनार, त्तालिम यस्ता कार्यक्रमहरुको खर्च काटेर यो रहात कोशमा जम्मा गर्ने लक्ष्य रहेको खनालले बताए ।

नगरप्रमुख खनालले संकटको घडिमा खाद्यान्न सामाग्रीको लागि गरेको आर्थिक सहयोग सह्रानीय भएको भन्दै सबै दातृ निकाय, संघसंस्था, समाजसेवीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नगरक्षेत्रभित्र रहेका अति विपन्न परिवारको प्राथमिकीकरण कार्य सम्पन्न भइसकेकोले राहत सामग्रीको लागि नगरबाट खर्चिने रकम र दातृ निकायबाट प्राप्त भएको रकमलाई सही ढंगले उपयोग गरी लाभदायिक सामुदायलाई सम्बन्धित वडाको वडा अध्यक्षको उपस्थतिमा विहिवार या पर्सिबाट वितरण गरिने नगरपालिकाले बताएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen