कोरोना भाइरसको महारमारीबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या १७८ पुगगेको छ। जमध्ये बुधबार मात्रै १८ जना संक्रमितको ज्यान गएको हो ।
पछिल्लो समय महामारीको रुप लिँदै गएको कोरोना संक्रमणबाट भारतमा ५ हजार ९ सय ६० जना मानिस संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ५ सय ६५ नयाँ संक्रमित फेला परेका हुन् । यस्तै, अर्को छिमेकी मुलुक पाकिस्तानमा पनि कोरोनाको प्रभाव बढेर गएको छ । पाकिस्तानमा हालसम्म ४ हजार ३ सय २२ जना संक्रमित भएका छन् । जसमध्ये ५९ जना नयाँ संक्रमित बुधबार फेला परेका हुन् । बिहीबार मध्यान्हसम्म पाकिस्तानमा ६३ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा २ जना संक्रमितको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख १८ हजार ९ सय ७० जना संक्रमित भएका छन् । जसमध्ये ३ लाख ३० हजार ६ सय ९७ संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म विश्वभर ८८ हजार ५ सय १६ जना संक्रमितको ज्यान गइसकेको छ ।( डिसी नेपाल )