झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ ले बुधबार राहत वितरण कार्य सम्पन्न गरेको छ । लकडाउनको समयमा विपन्नलाई सहजता पुर्वक जिवनयापनका लागि वडाले अतिविपन्न तथा दलित बस्तीबाट राहत वितरण कार्य थालेको थियो, जुन आज सम्पन्न भएको छ ।
झुम्का, भादगाउँ, सिनुवारी, मोहनपुर, चियापुर, सिँगापुर, सैनिमैनी, डुमैरिया लगाएतको ठूलो संख्यामा छरिएर रहेको वडा नं. १ मा कुल १८६० घरधुरी रहेका छन् । वडा विकासका लागि २६ वटा टोल विकासमा विभाजित सो वटाले व्यवस्थितरुपमा राहत वितरणको कार्य सम्पन्न गर्नको लागि प्रारम्भमा विपन्न वर्गको लगत संकलन गरेको र राष्ट्रिय मापदण्ड अनुसार परिवार संख्याको आधारमा अतिविपन्न, दलित, ज्यालादारी कामगर्ने मज्दुरको टोल टोलमा गई राहत वितरण गरेको वडा सचिव सत्य नारायण चौधरीले जानकारी दिनुभयो । उनका अनुसार वडाले संकलन गरेको लगत अनुसार अति विपन्न ६५० परिवारमा राहत वितरण गरिसकेको छ, छुट्न गएका थप घर परिवारको संख्याको तथ्याङ्क आज आइसकेपछि भोली तिनीहरुलाई पनि वितरण गरिने छ ।
वडाध्यक्ष महेश कुमार चौधरी, वडा सदस्यहरु देवराज पोखरेल, हरिवंश शाह, उमादेवी थरुनी र मनोदेवी सरदार सहितको टोलीले प्रत्यक्ष निगरानीका साथ राहत वितरणको कार्य गरेको छ । राहतमा दाल, चामल, नुन, तेल र सावुन वितरण गरिएको छ । मानिसलाई मर्ने भन्दा खानेको चिन्ता बढिरहेको अवस्थामा नगरपालिकाले प्रत्येक वडाका जनतालाई थोरै भए पनि खाद्यान्न वितरण गर्दा नगरवासीहरु हसिँला देखिएको वडा ले जनाएको छ ।