झुम्का, नविन कुमार चौधरी
लकडाउनको अवस्थामा विपन्न वर्गलाई दैनिक गुजरा गर्न अप्ठ्यारो नहोस भन्ने उद्देश्यका साथ बुधबार रामधुनी नगरपालिकालाई पूर्व कृषि तथा पशुपंक्षि विकास राज्यमन्त्री रामकुमारी चौधरी सहित नगरका ६ वटा संस्थाले राहत सामग्री तथा नगद हस्तान्त्रण गरेको छ ।
माननिय पूर्व राज्यमन्त्रीले पार्टी कार्यकर्ता तथा प्रतिनिधिहरुबाट सो राहत सामाग्री हस्तान्त्रण गरिएको हो । उहाँले २५ क्विन्टल चामल नगर प्रमुख, उप प्रमुख, अधिकृत लगाएतको रोहवरमा हस्तान्त्रण गरिएको हो ।
त्यसतै नगरपालिकालाई आजै रामधुनी सुन चाँदी व्यवसायी संघले पनि ६२५ किलो चामल हस्तान्त्रण गरेको छ । संघका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले सो राहत हस्तान्त्रण गरेको हो । त्यसतै शाहारा नेपाल झुम्का सुनसरीको तर्फबाट दिपक ओलीले ८० लि. खाने तेल र ३२० किलो दाल उपलब्ध गराएको छ ।
त्यसैगरी रामधुनी नगर प्यावसनले १ लाख बराबरको दाल, चामल, तेल लगाएतका सामान हस्तान्त्रण गरेको छ । प्यावसनका अध्यक्ष बाबुराम खड्का लगाएत संस्थागत विद्यालयका प्र.अ. तथा शिक्षकरुलको उपस्थितिमा नगर प्रमुखलाई सामान हस्तान्त्रण गरिएको हो ।
त्यसतै नेपाल उद्यमशील महिला सुनसरीले पनि राहत स्वरुप नगद रु. १० हजार नगद उपलब्ध गराएको छ । संस्थाकी अध्यक्ष सृजना भट्टराईले नगर प्रमुखलाई रकम हस्तान्त्रण गरेको हो । त्यसतै नेपाली काँग्रेस रामधुनी नगर समितिले पनि नगरबासीहरुको राहतको लागि ६ लाख बराबरको खाद्यान्न, सामान नगरपालिकालाई हस्तान्त्रण गरेको छ । राहत वितरण कार्यक्रमका संयोजक नरेश फुयालको नेत्रित्वमा नगर अध्यक्ष, सुदिप अधिकारी, सचिव दिलु राई लगाएत पार्टी कार्यकर्ताहरुको उपस्थितिमा नगर प्रमुख, उप प्रमुख, प्र. प्र. अधिकृत, जिन्सी व्यवस्थापन प्रमुखको रोहवरमा राहत सामान हस्तान्त्रण गरिएको हो । समितिले ११० क्विन्टल चामल, १११ किलो नुन, २० लि. तेल, २० किलो दाल, ७३०० गोटा अण्डा, ६० किलो चिउरा सहित ६ लाख बराबरको सामाग्री उपलब्ध गराएको हो ।
राहत सामाग्रीले नगरबासीहरुलाई ठूलो सहयोग पुगेको र नगर ठूलो आर्थिक भारबाट बचेको बताउदै नगर प्रमुख जयप्रकाश चौधरीले सम्पूर्ण दाता महानुभाव तथा संघ संस्थाहरुलाई धन्यबाद दिनुभयो । विभिन्न संघ संस्थाले उपलब्ध गराएको उक्त राहत सामाग्री सही ठाउँमा उपयोग हुने र वास्तविक विपन्न वर्गमा वितरण हुने कुरामा नगर प्रमुख चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले यदि कतैबाट यसको दुरुपयोग भएको पाइएमा नगर समक्ष सो कुरा नगरबासीहरुले ल्याएको खण्डमा दुरुपयोग गर्नेलाई तत्काल सजायको भागेदार बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।