झुम्का, नविन कुमार चौधरी,
सुनसरीको रामधुनी नगरपालिका अन्तर्गतका वडाहरुले राहत वितरण कार्यलाई तिब्ररुपमा अगाडि बढाइरहेको छ ।
रामधुनी नगरपालिकाको ठूलो वडा मध्येको १ नं. वडाले आज ३०० विपन्न परिवारमा खाद्यान्न वितरण गरेको छ । लकडाउनबाट प्रभावित विपन्न घर परिवारलाई दैनिक दिनचर्यामा सहजता पुर्याउने उद्देश्यले वडाले सोमबार देखी राहत वितरणको कार्य थालनी गरेको हो । वडानं. १ का वडाध्यक्ष सहित सम्पुर्ण वडा सदस्य तथा टोलविकास संस्थाका सदस्यहरु,सुरक्षा निकायका प्रतिनिधि, समाजसेवीहरुको सहभागी भएर घरघरमा राहत पुग्ने गरी टोल विकास संस्थालाई जिम्मा लगाइरहेको छ ।
आज वडा नं. १ ले निम्न टोलविकासहरुको सहकार्य र साथमा विपन्न परिवारलाई चामल, दाल, नुन, तेल र सावुन वितरण गरेका छन् । शिवचौक टोल, प्रसन्न टोल, एकता टोल, ओमशान्ति टोल, पूव टोल भादगाउँ, मिलन टोल, उज्वल शान्तिटोल, नवज्योती टोल, टावर टोल, सुर्योदय टोल, हाटखोला टोल, आदर्श टोल, नहरको डिल लगाएतका बस्तीमा खाद्यान्न राहत वितरण गरिएको छ ।
त्यसतै वडा नं. २ ले पनि सोमबार देखी विपन्न परिवारहरुलाई राहत वितरणको कार्य शुरु गरेको छ ।जम्मा २२ वटा टोल विकास संस्था रहेको सो वडामा सोमबार वडाले सिँगिया क्षेत्र अन्तर्गतका १० वटा टोल विकास संस्था अन्तर्गतका टोलमा १४१ घर परिवारलाई खाद्यान्न नुन तेल, साबुन लगाएतका समान वितरण गरेको हो भने आज भासी क्षेत्र अन्तर्गतका ५ वटा टोलविकास संस्थाका १८१ घरपरिवारमा राहत वितरण गरिएको छ । बाँकीका ७ वटा टोल विकासमा भोली वितरण गर्ने वडाले जानकरी दिएको छ । हिजो वडाले ए अर्थात १० किलो चामल २५ पोका, बि अर्थात १५ केजी ८० पोका, र सि अन्तर्गत ३७ पोका वितरण गरिएको थियो भने आज ए ३०, बि ८६ र सी ६६ पोकाको प्याकेज वितरण गरिएको जानकारी वडाका कर्मचारी रामकुमार मोचीले दिए ।
त्यसतै वडा नं. ३ ले पनि राहत वितरण कार्य शुक्रबार देखी थालेर केही घरपरिवारलाई मात्र वितरण गर्न बाकी रहेको जनाएको छ । जम्मा ३५ वटा टोल विकास समिति रहेको उक्त वडामा करिब ५५० घर परिवार प्रारम्भमा लगत संकलन गरिएको थियो तर वितरणको क्रममा घर संख्या थप भएको कारण थप खाद्यान्नको व्यवस्थापन पछि बाकी रहेका टोलहरुमा वितरण गर्ने वडा सदस्य टिकालक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । वडाले सक्रिय टोल विकास संस्थाको संयोजक्त्व सँगै अन्य टोलमा जनप्रतिनिधि तथा जिम्मेबार व्यक्तिको संयोजक्त्वमा लगत संकलन गरी राहत वितरण गरिएको छ ।

त्यसतै वडा नं. ४ ले पनि राहत वितरण कार्यलाई अगाडि बढाएको छ । करिब ७०० घर परिवार विपन्नको संख्या देखिएको सो वडामा ५० प्रतिशत परिवारमा राहत वितरण कार्य भइसकेको र बाकीलाई वितरण गर्ने क्रम जारी रहेको वडाध्यक्ष मनेष चौधरीले जानकारी दिनुभयो । शुरुमा ५०० को संख्या देखीएको सो संख्या थपिएर ७०० सम्म पुगेको जानकारी दिएको छ । अध्यक्षका अनुसार यतिखेर विपन्न मात्र हैन सम्पन्न परिवारको अवस्था पनि दयनिय रहेको छ । सो कुरालाई मध्य नजर गर्दै वडाले राहत वितरण कार्यलाई गम्भिर रुपमा लिएर अगाडि बढिरहेको बताउनुभयो ।
वडा नं. ५लाई भने राहत वितरण कार्यमा सहयोगी दाताहरुले समेत सहयोग गरेको छ । वडाले विपन्न तथा घरबहालमा रहेका विपन्न परिवारलाई समेत गरी ४७९ घर परिवारलाई राहत वितरण गरिसकेको वडाध्यक्ष डेगराज फुयालले जानकारी दिनुभयो । वडामा बहालमा रहेका थप संख्या देखिएकोले तिनिहरुको आवश्यक प्रक्रिया पछि राहत वितरणकार्य फेरी थाल्ने जनाएको छ । वडालाई सहयोगीहाथहरु गृहलक्ष्मी राइसमिलका संचालक बलराम चौलागाईले १५०० किलो चामल, १५० पोका खाने तेल (७५ लि.) २०० प्याकेट नुन, त्यसतै प्रितम चौधरीले २५ हजार नगद, दिपक अधिकारीले १० हजार नगद र माउन्ट सम्मिट स्कुलका संचालक अच्युत ढकाल ले १० जहार नगद सहयोग गरेको छ । वडाले सो नगदको राहत सामग्री खरिद गरिएको छ ।
त्यसतै वडा नं. ७ ले पनि राहत वितरण कार्यलाई निरन्तरता दिइरहेको छ । शनिबार बाट थालिएको राहत वितरण कार्यक्रम जारी रहेको वडाध्यक्ष केशव गौतमले जानकरी दिएका छन् । करिव ८०० घरपरिवार विपन्न परिवार रहेको सो वडामा ४० भन्दा बढी टोलहरु रहेका छन् । हाल सम्म वडाले २६० घर परिवारमा वितरण गरिसकेको छ । वडालई राहत वितरण कार्यमा विभिन्न दात्री संस्थाहरुले पनि सहयोग गरेको छ । पन्चायन सामुदायीक वन उपभोक्ता समितिले १ लाख बराबर, कटघरा निवासी बाबुरामको जिन्सी, चौधरीले ५५ हजार ५७० रकम बराबरको जिन्सी र पन्चायन विद्यामन्दिरले ६० किलो चामल उपलब्ध गराएको छ ।
वडा नं. ८ ले भने राहत वितरण कार्य सम्पन्न गरिसकेको वडाध्यक्ष रुद्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ । १८ वटा टोल रहेका सो वडामा ४७४ विपन्न घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । वडाले लगतकार्य संकलन गरी घरघरमा गई सामान वितरण गरेको जनाएको छ,खाद्यान्नका साथै वडाले प्रत्येक घरमा मास्क पनि वितरण गरेको छ ।
त्यसतै वडा नं. ९ ले पनि राहत वितरण कार्यलाई तिब्ररुपमा अगाडि बढाइरहेको छ । आइतबार देखी थालिएको वितरण कार्य सितपुरका मिलटोल, झण्डाटोल, ऋषिदेबटोल, पोखरी टोल, सकबोनी, त्यसतै डुम्राहा गाउँका हाट टोल देखी दक्षिण टोल सम्म सोमबार सम्ममा वितरण गर्दा जम्मा ३८३ घर परिवारलाई वितरण गरिएको छ । आज मर्चैया गाउँका विभिन्न टोलहरुमा वितरण कार्य भइरहेको छ । मर्चैयाको विद्यालय टोल, सन्दासीबाबा टोल, कदमचौक टोल, घिमिरे टोल, ऋषिदेब टोल पूरानो र ऋषिदेव पूर्व टोल गरी जम्मा २५० घर परिवारमा आज वितरण कार्य भइरहेको वडा सचिव जयराम चौधरीले जानकारी दिनुभयो । वडाका अध्यक्ष लगाएत जनप्रतिनिधी तथा कर्मचारीहरु, सुरक्षा बल बंकुल्वाका प्रतिनिधि लगाएतको वितरण कार्यमा सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen