कालाबन्जर, प्रदिप बस्मैत
सुनसरिको बाराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले दैनिक ज्यालादारी विपन्न श्रमिकलाई राहत वितरण गर्ने मापदण्ड शुक्रवार तयार गरेको छ ।
शुक्रबार बसेको आकाशमिक कार्यपालिका बैठकले ५ जना परिवारको संख्या भएको घरधुरीलाई चामल २० केजी, दाल १ केजी, खाने तेल १ लिटर, नुन १ केजी, साबुन १ डल्ला दिने निर्णय गरेको नगरपलिका प्रमुख प्रशासकिय अधिक्रित राजेश प्रसाद पोखरेलले बताए ।
यस्तै ५ जनाभन्दा बढी परिवार भएको घर धुरीलाई चामल २५ केजी, दाल २ केजी, खाने तेल २ लिटर, नुन १ केजी र साबुन २ ओटा दिने निर्णय गरेको पोखरेलले बताए ।
बैठकले जनप्रतिनिधि (६० जना) को १ महिना बराबरको सेवा सुविधाबाट प्राप्त हुने रकम प्रकोप व्यवस्थापन र राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बैठकले नगरपालिकाअन्तर्गत कार्यरत कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्डबमोजिम रकम प्रकोप व्यवस्थापन राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बाराहक्षेत्र नगर प्रमुख निलम खनाल बताए । ज्याला मजदुरी गर्नेहरुको जीवन अझ कश्ठकर भएकोले आज आकाशमिक बैठक बसेको हो । हामीले वडामा डाटा लिने काम भए सकेको छ । अब छिटय गाउमा गएर अती भन्दा अती विपन परिवारलाई राहत वितर गर्ने खनालले जानकारी दिएको छ ।
यसैगरी बैठकले देशविदेशमा रहेका व्यक्ति, संघ, संस्थालाई प्रकोप व्यवस्थापन राहत कोषको सहयोग गर्न अनुरोध गर्नेसमेत निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाका वडा कार्यालयहरुबाट अति गरिब तथा विपन्न परिवारको संकलन भैरहेको छ । यस विपदको घडीमा सम्पुर्ण नगरवासीहरुले मानवताको नाताले जसले पाउनुपर्ने हो उसको मात्र नाम टिपाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ । साथै सहयोग गर्न चाहने सहयोगी हातहरुले प्रकोप व्यवस्थापन राहत कोषको माछापुच्छ्रे चक्रघट्टी शाखाको खाता नं. १००१५२४०७३८४००१४ मा सहयोग गरिदिनु हुन बाराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी विशेष अनुरोध गरेको छ ।