झुम्का, नविन कुमार चौधरी
विश्व माहामारीको रुपमा फैलिएको कोरोनाको संकटमा परिरहेको अवस्थामा सरकारले लकडाउन गर्दा परेको समस्या सामाधानमा झुम्काका व्यवसायीहरुले हार्दिकता पुर्वक सहयोग गरेका छन् । रामधुनी नगरपालिकालाई व्यवसायीहरुले लकडाउनको चपेटामा परेका विपन्न समुदायको सहयोगका निम्ति चामल, नुन तथा तेल प्रदान गरी सहयोग गरेका छन् ।
लकडाउनको समयमा राहतका निम्ति नगरपालिकाले प्रति वडा ३ लाख बराबरको रकम छुट्याएको भएता पनि उक्त रकमले राहत कार्यमा थोरै मात्र सहयोग पुग्ने देखिएको छ । विपन्न वर्गको वडाले दिएको तथ्याङ्क अनुसार एक वडाले कम्तिमा ६ लाख र बढीमा ८ लाख भन्दा बढी खर्च रहेको नगरपालिकाको तथ्याङ्कले देखाउँदछ । हाल सम्म नगरपालिकाले सहयोगको लागि हाथ नपसारेपनि सहयोगी हाथहरु एठी नै हाल्छन् । नगर प्रमुख जयप्रकास चौधरीले सहयोगी हाथहरुलाई हृदयदेखी नै धन्यबाद दिनुभएको छ । साथै उहाँले नगरबासीहरुलाई सहयोग गर्ने जोकोहीलाई पनि स्वागत गर्दै विशेष सम्मान गरिने जनाएको छ ।
आज मात्र नगरपालिकालाई सहयोगी हाथहरुबाट २५,०० किलो चामल, ४ काटुन तेल, ९० प्याकेट नुन सहयोग प्राप्त भएको जानकारी नगर प्रमुख चौधरीले दिनुभयो । सहयोग स्वरुप साइमेडिकल संचालक दुर्गा प्रसाद फुयाँलले ५०० किलो चामल, दाहाल आल्मोनियमका विकास दाहालले ८१० किलो चामल, धनलक्ष्मी हार्डवियर संचालक फौदसिंह थापाले १००० किलो चामल, युनिक सगरमाथा स्कुलले २५० किलो चामल र घोङ्गही बगियाका संचालक सिता थरुनीले ४ कार्टुन तेल र ९० प्याकेट नुन उपलब्ध गराएको हो । सहयोग सामान एक कार्यक्रम गरी नगरपालिकालाई हस्तान्त्रण गरिएको हो ।