झुम्का, नविन कुमार चौधरी
विश्वभरीका करिव ७० हजार मानिसलाई मृत्युको मुखमा पुर्याएको र शक्तिशाली राष्ट्रहरुको अर्थतन्त्रलाई समेत निरन्तररुपमा कम्जोर बनाई डामाडोल पारेको कोरोना भाइरस, (कोभिड–१९) ले नेपाललाई पनि पछ्याई रहेको भएपनि नेपाली जनतामा कोरोना देखी न त कुनै डर छ न त चिन्ता नै देखिन्छ । चिन्ता छ त लकडाउनको अवस्थामा कसरी बाँच्ने भनेर ?
कोरोना विरुद्धको जनता बचाउ अभियानमा नेपाल सरकारले अर्बौ रकम खर्च गरि विभिन्न निति नियम तथा व्यवस्थाहरु गरिरहेता पनि नेपाली जनतामा अझ पनि कोरोना भाइरस सामान्य फ्लु हो भन्ने भान भइरहेको छ । सरकारले जनताको सुरक्षाको लागि लकडाउनको आदेश आज्ञा जारी गरेर प्रहरी प्रशासन खटाउदा पनि मानिसहरु यसलाई गहिरिएर सोचिदिएको छैन् । सरकारले लकडाउनका समयमा छाक टार्न धौधौ पर्ने ज्याला मज्दुरी गर्ने र अति विपन्न वर्गको लागि खाद्यान्न राहतको व्यवस्था गर्दा पनि यस वितरण कार्यमा अनियमितता हुने गरेको पाइन्छ । यी सबका कारण स्थानिय सरकार र केन्द्रिय सरकारलाई कोरोना विरुद्धको लडाइ लड्नमा एक तिर सास्ती भइरहेको छ भने जस्को लागि सरकारले सास्ती भोगीरहेको छ ति जनताहरु नत लकडाउन मै बस्न चाहन्छन्, नत सामाजिक उत्तरदायित्व नै निर्वाह गर्न सकेका छन् ।
विदेशबाट आएका आफन्तलाई क्वारेन्टाइनमा पठाउँदा विदेशबाट आएका व्यक्ति, परिवार र समाज सबै सुरक्षित हुने, क्वारेन्टाइनमा नपठाउँदा सम्पर्कमा आएका सबैलाई कोरोना लाग्ने थाहा छ सबैलाई । कोरोनाको कुनै ठोस उपचार र औषधि छैन भन्ने कुरापनि थाहा छ सबैलाई तर पनि क्वारेन्टाइनमा पठाउन चाँहदैनन् विदेशबाट आएका आफन्तलाई । छिमेकमा कोही बाहिरबाट पाहुना आएका छन् वा विदेशबाट छोरा भाइ नै आएका छन् भने वास्ता छैन कसैलाई । किनकी अहिले सम्म सुरक्षित नै ठान्दछन सबैले । अरुलाई कोरोना लागे मलाई के मतलब भन्ने धारणाले पनि होला छिमेकमा कोही बाहिरबाट आए वा चिया पसल, जुवा पसल, रक्सी पसलमा गफाडी सम्मेलन किन नहोस कसैलाई केही मतबल पनि छैन । किनकी जनतालाई थाहा छ हामी सम्पन्न रहुन्जेल भात खान पुगिहाल्छ, विपन्न भएमा सरकारले खान दिइ हाल्छ । त्यसैले त राहतमा पनि छिमेकीको नाम आयो मेरो किन आएन भन्ने प्रश्न जनप्रतिनिधिहरुलाई गर्ने गर्दछ । आखिर यो कुनै खेल त हैन तर किन मानिसहरुले यसलाई खेल जस्तै ठानी रहेका छन ?
यस्तो प्रवृतिले सरकारलाई सास्ती न भए के हुन्छ ? स्थानिय सरकारले घरघरमा सचेतनाका निम्ति पर्चा पंपलेट बाँडे, माइकिङ्ग गरे, मास्क पनि बाँडे, एनसेल र एनटिसिले प्रत्येक रिङ्गटोनमा कोरोना भाइरस विरुद्ध सचेत गराए तर यो कुरा नेपाली जनताले कतिको बुझे त ? कसरी बुझाउने यी जनताहरुलाई कोभिड–१९ कोरोना भाइरस मनोरञ्जनको साधन होइन, नत कुनै रमाइलो भिडियो गेम हो । लकडाउन भरी घर मै बसौं, बाहिर ननिस्कौं नत्र यसले माहामारीको रुप लिन बेर लाउँदैन । अझ कतिले त भिडभाडका साथ दियो बाल्ने, पुजा गर्ने, किर्तन भजन गरी जागराम बस्ने गरेको पनि पाईन्छ । कसरी बुझाउने तिनलाई आराधना गर्नुस् तर शान्त पूर्वक, भिडभाड नगरिकन, ईश्वर नै हुन जस्ले हामीलाई अहिले सम्म बचाएको हो । तर घरमै बसेर पनि हामी ईश्वर सँग प्रार्थना गर्न सक्दछौं । घरमै पनि दिप प्रज्वलन गर्न सक्दछौं । यसलाई मजाक नबाऔं । प्लिज ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen