झुम्का, नविन कुमार चौधरी
विश्वभरी माहामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट बच्न रामधुनी नगरपालिकाले सतर्कताका साथ विभिन्न गतिविधि तिब्र पारेको छ । चैत्र २५ गते सम्म बजार लकडाउनको घोषणालाई आत्मशात गर्दै नगरपालिकाले रामधुनीका बजार पसललाई समेत खोल्न दिएको छैन । सुरक्षित बस्न र बाहिर ननिस्कन आग्रहसाथ पटक पटक माइकिङ्ग गरिरहेको छ भने बजार क्षेत्रमा भिडभाड नहोस भन्नकालागि प्रहरी परिचालन गरिएको छ । परिचालित प्रहरीले भिडभाड गरेको पाइएमा त्यसलाई व्यवस्थित बनाइरहेको पाइएको छ ।
एकातिर लकडाउनले कोरोनालाई फैलिनबाट रोकिरहेको छ भने अर्कोतिर साता भरीको लकडाउनले गर्दा दैनिक उपभोग्य सामान लगाएत साग तरकारी आदि महङ्गीको अवस्था सृजना भइरहेको छ । सो कुरालाई मध्यनजर गर्दै नगरपालिकाले विपन्न परिवारहरुलाई भोकै बस्न नपरोस भन्नकालागि वडाको संयोजक्त्वमा डाटा संकलनगरी १० केजी देखी २० केजी सम्म चामल, दाल, खाने तेल र नुन वितरण गर्ने निर्णय गरेको छ । आ–आफ्ना वडाका वडाबासीहरुलाई डाटा संकलन गरी २ सदस्य परिवार भएकालाई १० केजी चामल,१ केजी दाल, १।१ पोका तेल र नुन, ४ जना सदस्य भएको परिवारमा १५ केजी चामल, २ किलो दाल, १।१ पोका नुुन र तेल र ४ भन्दा बढी सदस्य भएको परिवारलाई २० केजी चामल, ३ किलो दाल, १।१ पोका नुन र तेल वितरण गर्ने जनाएको छ ।
खाद्यान्न व्यवस्थापनको लागि वडाबाट पहल भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबारको बैठकले खाद्यान्न व्यवस्थापनका लागि उद्योग वाणिज्य संघको सहकार्यमा चामल व्यवसायी तथा मिल व्यवसायीहरु सँग कुराकानी भइरहेको जनाएको छ । खाद्यान्न व्यवस्थापन भइसकेपछि वडाबाट घरघरमा वितरण कार्य शुरु गरिने जानकारी दिइएको छ ।
क्वारेन्टाइनले आम नागरिकमा असर पुग्दैन
रामधुनी नगरपालिका अन्तर्गत क्षेत्रिय कृषि तालिम केन्द्रमा क्वारेन्टाइन भएपछि वरपरका नगरबासीहरु त्रसित हुन आवश्यक नरहेको नगरपालिका श्रोतले जानकारी दिएको छ । प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यैपानेका अनुसार क्वारेन्टाइन तोकि सकेपछि विशेष सुरक्षा तथा पोशाक लगाएका सरकारले तोकेका विशेषज्ञ तथा सेनाको निग्रानीमा संचालन हुने भएकोले अन्य बाहिरका जनता डराउनुपर्ने अवस्था नआउने जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका मानिसहरुको विशेष हेरचाह देखी लिएर खानेकुराको समेत अलग्गै व्यवस्था गरिने प्रबन्ध मिलाउने भएकोले नगरबासीहरु त्रसित हुनुपर्ने नभएको उहाँले बताउनुभयो ।
रामधुनीमा आर आर टि सक्रिय, अहिले सम्म रामधुनी नगरपालिका कोरोनाबाट सुरक्षित
रामधुनी नगरपालिकाले उच्च सतर्कता अपनाए बमाजिम अहिले सम्म नगरबासी सुरक्षित रहेको स्वास्थ्य शाखाको आज सम्मको रिपोर्टले देखाएको छ । भनिन्छ स्वास्थ्य नै धन हो स्वस्थ रहन हामी पहिले नै सचेत हुन जरुरी रहन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो हुन्छ । यही कुरालाई आत्मसात गर्दै नगरपालिकाले उच्च सतर्कता अपनाएकोले नगरबासी सुरक्षित रहन सफल भएको स्वास्थ्य इन्चार्ज समिम अन्सारीले जानकरी दिनुभयो । स्वास्थ्यमा कुनै सम्झौता नगरीकन नगरले सर्वप्रथम नगरभरीका स्वास्थ्य कर्मी तथा प्रमुखलाई राखी ओरिएन्टेशन गरेको थियो । कोरोनाको प्रभावबाट बच्न शाखाले जनचेतनाकालागि विभिन्न मेडिया तथा पत्र पत्रिकाबाट यस रोगबाट बच्ने उपाय, लक्षण, पहिचान, अपनाउनु पर्ने सावधानीका कुरालाई व्यापक प्रचार प्रशार गरेको थियो । विश्वमा यसको प्रभाव तिब्र त छदै थियो नेपालमा पनि संक्रमित भेटिएपछि प्रारम्भमा नगरका आधारभूत स्वास्थ्य चौकी तथा शहरी स्वस्थ्य केन्द्रमा सुरक्षात्मक साधनहरु भित्राएको पाइन्छ । अन्सारीका अनुसार आधारभुत स्वास्थ्य चौकीहरुमा ३।३ वटाका दरले पिपिइ किट र शहरी स्वास्थ्य केन्द्रमा २।२ वटा पिपिइ किट, गन थर्मोमिटर, सेनिटाइजर, पंजा र मास्क लगाएतका समग्री वितरण गरिएको छ । हाल सम्ममा ५८ वटा किट व्यवस्था गरिएको छ । त्यसैगरी नगरले संक्रमित परिक्षण र कोरोना नियन्त्रणको लागि क्वारेन्टाइन कक्षको व्यवस्था गर्ने भएको छ । शुरुमा बक्लौरीको इलाका स्वास्थ्य केन्द्रमा राख्ने भनिएता पनि पछि सुरक्षाको हिसावले क्षेत्रिय कृषि फारम उपयुक्त भएकोले सोही स्थानमा क्वारेन्टाइन राख्ने निर्णय भएको छ । ७० बेडको कक्ष निर्धारण गर्न सकिने सो स्थानमा जिलला प्रशासन कार्यालय प्रमुखबाट प्रारम्भिक अनुगमन कार्य पनि सम्पन्न भएको छ । हाल सम्ममा २६ जनाको व्यक्तिगत विवरण संकलन गरिएको मा ५ जनामा संक्रमितको सम्भावना रहेको थियो ।

गर्मी बढे सँगै मच्छर (लामखुट्टे) नियन्त्रणगर्न नगरले आजबाट औषधि छर्किदै
गर्मी बढे सँगै मच्छरको टोकाइबाट हुनसक्ने डेगं, मलेरिया, कालाज्वर लगाएत विभिन्न संक्रमण हुने भएकोले नगरपालिकाले अग्रिम सतर्कता अपनाउदै लामखुट्टे मार्ने औषधि बुधबारबाट छर्किदैछ । नगरपालिकाले लामखुट्टे जमेको पानी, थुप्रीएको फोहोर, झार पलाएको ठाउमा फुल पार्ने र वृद्धि गर्ने भएकोले त्यसतो अवस्था सृजना हुन नदिन सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । गत वर्ष फैलिएको डेगुंको त्रासलाई समयमै सचेत भई सरसफाइमा ध्यान दिनुहुन नगरबासीहरुलाई अनुरोध गरेको छ । लामखुट्टे मार्नका लागि नगरले आजबाट औषधि छर्किने जनाएको छ । यो विषादि स्वास्थ्यको लागि हानी कारक भएकोले विषादिबाट सुरक्षित बस्न खानेकुरा, खानेपानी लगाएतका कुरा छोपेर राख्नु पर्दछ । आज र भोली १ नं. वडामा औषधि छर्किने भएकोले १ नं. वडाबासीहरुले बेलुकीको खाना सबेरै पकाएर खान वडाध्यक्ष महेश कुमार चौधरीले अनुरोध गर्नुभएको छ । साथै खाना तथा पानी छोपेर राख्न र बेलुकी पख घरबाहिर ननिस्कन समेत अनुरोध गर्नुभएको छ ।
त्यस्तै नगरले २१ र २२ गते ५ नं वडा, २३ र २४ गते ३ नं. वडा त्यस्तै क्रमशः दुई।दुई दिनको क्रममिलाएर ८, ९, २, ४, ६ र ७ नं.वडामा औषधि छर्किने नगरपालिकाले जनाएको छ । छर्किनु अगाडि वडाले वडाबासीहरुलाई पूर्व सूचना गरीने समेत जानकारी दिएको छ ।

विदेशबाट आएको मानिसलाई क्वारेन्टाइनमा पठाउन जरुरी ः रामधुनी नगरपालिकाले सम्पूर्ण पक्षलाई सतर्क हुन गर्यो अपिल
रामधुनी नगरपालिकाको आइतबार बसेको आर आर टिम सहितको प्रमुख तथा मेयर उपमेयर सहितको बैठकले सम्पूर्ण नगरबासीहरुमा थप सतर्कता अपनाउन अपिल गरेको छ । खाश गरी विदेशबाटा आएको व्यक्तिबाट कोरोना भाइरस सर्ने बढि सम्भावना भएकोले विदेशबाट आएका व्यक्तिहरुलाई सम्पूर्ण नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, तिनका परिवार जन तथा सम्बन्धित पक्षले तत्काल क्वारेन्टाइनमा बस्न लगाउने गर्नु पर्दछ भन्ने निश्कर्ष दिएको छ ।
महामारीको रुपमा फैलिरहेको यस रोगको बारेमा मानिसले गहिरिएर नलिएपनि यस रोग लागेमा बच्ने उपाय नरहेकोले उच्च सतर्कता अपनाउन जरुरी रहेको छलफलमा निश्कर्ष निकालेका छन् । यसतो अवस्थामा रामधुनी नगरपालिकाका स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु सक्रिय छन नै यसका साथै सबै नागरिक सक्रिय भएर विदेशबाट कोही आएको थाहा भएमा तत्काल तिनलाई क्वारेन्टाइनमा बस्न लगाउने, जनप्रतिनिधिलार्य खबर गर्ने, प्रहरी प्रशासनलाई खबर गर्ने तथा घर भित्र राख्ने गर्नुपर्दछ ।
सरकारले यस रोगबाट बच्न बचाउन लकडाउनको आदेश दिदाँ दिदै पनि कतिपय मानिसहरुले जानेर वा नजानेर लकडाउनमा बस्न नचाहने, चिया पसल, चौक आदिमा भिडभाड गर्ने, समुहमा रहेर काम गर्ने गरिरहेको, साथै ग्रामिण भेगमा तास खेल्ने जस्ता गतिविधि गरिरहेकोले त्यसतो ठाउमा यस रोगको संक्रमण बढ्न सक्ने भएकोले त्यसतो किसिमको कुनैपनि कार्य नगर्न नगरले अपिल गरेको छ ।
विदेशबाट आएको भएता पनि समाजले वास्ता नगर्दा यसले पछि सानो भूलले ठूलो क्षत्ति पुर्याउने भएकोले त्यसता मानिसहरुलाई प्रहरी प्रशासनमा खवर गरी चेकजाच तथा क्वारेन्टाइनमा पठाउनुपर्ने बताएको छ । रामधुनी नगरपालिका अन्तर्गत पनि यस्ता व्यक्तिहरु बाहिरबाट आएको यहाँहरु थाहा पाउनुभएको भए क्वारेन्टाइनमा पठाऔं आ आफु साथसाथै अरुलाई पनि कोरोनाबाट बचाऔं भन्ने अपिल नगर प्रमुख जयप्रकास चौधरीले गर्नुभएको छ । साथै यस कार्यलाई प्रभावकारी बनाउनको लागि रामधुनी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु सक्रिय रहेको र स्वास्थ्य कर्मी, इन्चार्ज, कर्मचारी २४ सै घण्टा नागरिकाको सेवाका निम्ति तत्पर रहेको र नगरले एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको हुनाले सुरक्षित बस्न सबै नागरिक जागरुक हुनुपर्ने स्वास्थ्य प्रमुख नगेन्द्र पोडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्था, आधारभूत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्रमा ओपिडि सेवा बाहेकका फिवर चेकजाँचको लागि सधैं तत्पर रहेका् उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीहरुको सक्रियतालाई उत्साह प्रदान गर्ने उद्देश्यले नगरले प्रोत्साहन भत्ता तथा यातायात संचार खर्चको जिम्मेबारी लिने नगरबाट प्रतिबद्धता जनाएको छ ।
वडा नं. ४मा अवस्थित चर्चमा भख्खरै बाहिरबाट केही मानिसहरु ( ६र७ जना )आएर बाजागाजा सहित हल्ला गरेको पाएपछि स्थानिय स्वास्थ्यकर्मीहरुले त्याहाँबाट धपाएको स्वास्थ्यकर्मी रामरोहित ठाकुरले जानकारी दिए । उनले दिएको जानकारी अनुसार वडा नं. ४मा ३१ ज्ना र वडा नं. ३मा २१ञ् जना मानिसहरु बाहिरबाट आएको तथ्याङ्क पाएको छ । विदेशबाट आएको भएपनि परिवार र समाजका मानिसहरुले वास्ता नगरेकोकारण संख्या धेरै नदेखिएको बताउदै उक्त व्यवहारले आफैलाई अप्ठ्यारो पर्ने ठाकुरले जानकारी दिए । उनले बाहिरबाट आएका जोकोही मानिस भएपनि स्वास्थ्य र समाजको सुरक्षाका हिसावले घर परिवार तथा समाजले सचेत भएर क्वारेन्टाइनमा पठाउनुपर्ने वा सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen