झुम्का, नविन कुमार चौधरी,

सुनसरीको रामधुनी वडा नं. ४ मानपुर, शिवालय टोल बस्ने श्याम कुमार चौधरीका छोरा १४र१५ वर्षको नाबालक दिवस चौधरीको दाल दौनी गर्नेक्रममा दुर्घटना भएको छ । दुर्घटनामा दिवसले दुबै हात गुमाउन पुगेको छ । शुक्रबार दिउँसो करिब १२र१ बजे तिर खेतमा दौनी गर्नेक्रममा निजको हात थ्रेशरमा काटिएको हो । उनलाई उपचारको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्पमा लगिएको छ । हात थ्रेशरमा पसेपछि टुक्रा टुक्रा भएकोले हात जोड्न गाह्रो हुने चिकित्सकले जनाएको छ । स्थानिय पर्शुराम चौधरीको थ्रेशरमा दौनी गर्नेक्रममा सो घटना घटेको हो । थ्रेशरमा तिन जना मज्दुरहरु काम गरिरहेको जानकारी निजकी दिदी ममता चौधरीले दिएकी छिन् ।
आर्थिक अवस्था कम्जोर भएको दिवस पहिला पनि ट्रयाक्टरमा काम गर्ने गर्दथ्यो । रामधुनी वडा नं. ४ का वडाध्यक्ष मनेष कुमार चौधरीले घटना भवितव्य भएको बताउदै पिडितलाई उपचारका निम्ति थ्रेशर धनीसँग पहल गरिने जानकारी दिनुभयो । सम्भव भए सम्म वडाबाट पनि आवश्यक सरसहयोग गर्ने जानकारी दिनुभयो । घटनाको प्रारम्भिक जानकारी डुम्राहा निवासी भागवतठाकुरले रेडियो रामधुनीलाई जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen