झुम्का, नविन कुमार चौधरी,
झुम्का उद्योग बाणिज्य संघ सुनसरीले रामधुनी नगरबासीहरुलाई सहुलियत दरमा खाद्यान्न सामग्री विक्रि वितरणको व्यवस्था गरेको छ । कोरोना भाइरस, कोभिड १९का कारण सरकारले लकडाउनको आदेश दिएपछि उक्त बन्दको प्रभावले नगरबासी महङ्गो मुल्यमा किनेर खान नपरोस भन्ने उद्देश्यले सहुलियत बजार मुल्यमा खाद्यान्न विक्रि गर्न लागिएको संघका अध्यक्ष ध्रमेन्द्र शाहले जानकारी दिनुभयो । संघले अतिआवश्यक खाद्यान्नहरु चामल, दाल, आलु, प्याज, नुन, तेल लगाएतको सामानहरु नौ वटै वडामा विक्रि गर्ने जनाएको छ । शनिबार वडा नं. १ र ५ मा वितरण गरिने र आइतबार देखी अन्य वडामा समेत वितरण गर्ने जनाएको छ । वितरण गर्न लागिएको चामल प्रति किलो रु. ४०, मुसुरीको दाल प्रति किलो रु.११०, खाने तेल रु १९० प्रति लि., नुन रु.२० प्रति प्याकेट, आलु रु.३५ प्रति किलो र प्याज रु ४५ प्रति किलो मुल्य तोकिएको छ ।