झुम्का, नविन कुमार चौधरी,
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ मा अवस्थित पन्चायन सामुदायिक वन उपभोक्ता समितिले लकडाउनबाट प्रभावित भएका विपन्न तथा ज्याला मज्दुरी गर्ने १०० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरस फैलिनबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले सरकारले गरेको लकडाउनबाट दैनिक छाँक टार्न ज्याला मज्दुरी गर्ने परिवारलाई प्रति परिवार १५ किलो चामल, १ किलो दाल र १।१ पोका नुन, तेल वितरण गरिएको हो । वन उपभोक्ता समितिमा आबद्ध वडाका १२ टोलका विपन्न परिवारलाई सो राहत वितरण गरिएको हो । समितिले हिजो बैठक बसी प्रत्येक टोलका प्रतिनिधि सदस्यहरुबाट डाटा संकलन गरी गरिविको रेखामुनी रहेका परिवारहरुलाई विना भेदभाव राहत स्वरुप खाद्यान्न वितरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष प्रेम कार्कीले जानकारी दिनुभयो ।
राहत कार्यक्रम औपचारिकरुपमा संचालन गर्दै स्थानिय निकाय ७ नं. वडाकार्यालयका जनप्रतिनिधि एवं पन्चायन प्रहरी विटको रोहवरमा राहत वितरण गरिएको हो । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम कार्कीले वितरण गर्न लागिएको खाद्यान्न वडाध्यक्ष केशव गौतमलाई हस्तान्त्रण गरेका थिए, हस्तारण पश्चात पालैपालो स्थानियहरुलाई उक्त सामान वितरण गरिएको थियो ।


विश्वव्यपीरुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसले नेपालमा प्रभाव नपारोस भन्ने उद्देश्यले सरकारले लकडाउनको आदेश जारी गरेको छ । उक्त लकडाउनबाट प्रभावित परिवारलाई संस्थाले केही राहत होस भन्नकालागि खाद्यान्न वितरण गर्न लागिएको संस्थाका अध्यक्ष कार्कीले बताउनुभयो । वन उपभोक्ता समितिको नितिमै गरिवि निवारण तथा विपद व्यवस्थापनमा ३५ प्रतिशत रकम खर्च गर्नुपर्ने भएकोले सो अवसरलाई समितिले पालना गरेको बताउनु भयो ।
रामधुनी ७ नं. वडाध्यक्ष केशव गौतमले संस्था तथा संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई उक्तकामको लागि धन्यबाद दिएका थिए । साथै नेपाल सरकारको मापदण्ड बमोजिम वडाबाट पनि राहत सामग्री चाँडै वितरण गरिने जानकारी दिनुभयो ।
एकलाख पचास हजार बराबरको आर्थिक सहयोगमा समितिले सो राहत प्रदान गरिएको कार्यक्रम संचालक प्रदेश व्यावसन सदस्य, एवं रामधुनी कराते संघका संयोजक दिपेन्द्र विष्टले बताउनुभयो । कार्यक्रममा उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकारहरु, वडाका जनप्रतिनिधिहरु, प्रहरी विट प्रमुख एकराज खतिवडा लगाएतको सहभागिता रहेको थियो ।
पन्चायन सामुदायिक वन उपभोक्ता समितिले विगतमा पनि खेलकुद, सामाजिक विकास तथा विकास निमार्णका कार्यहरुमा सहयोग गर्दै आइरहेको छ । वनस्पत्ति र पशुपंक्षि संरक्षणका साथै वडालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न पार्क तथा शिमसार क्ष्ोत्र बनाउन लागिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen