झुम्का, नविन कुमार चौधरी,
रामधुनी नगरपालिकाले उच्च सतर्कता अपनाए बमाजिम अहिले सम्म नगरबासी सुरक्षित रहेको स्वास्थ्य शाखाको आज सम्मको रिपोर्टले देखाएको छ । भनिन्छ स्वास्थ्य नै धन हो स्वस्थ रहन हामी पहिले नै सचेत हुन जरुरी रहन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो हुन्छ । यही कुरालाई आत्मसात गर्दै नगरपालिकाले उच्च सतर्कता अपनाएकोले नगरबासी सुरक्षित रहन सफल भएको स्वास्थ्य इन्चार्ज समिम अन्सारीले जानकरी दिनुभयो । स्वास्थ्यमा कुनै सम्झौता नगरीकन नगरले सर्वप्रथम नगरभरीका स्वास्थ्य कर्मी तथा प्रमुखलाई राखी ओरिएन्टेशन गरेको थियो । कोरोनाको प्रभावबाट बच्न शाखाले जनचेतनाकालागि विभिन्न मेडिया तथा पत्र पत्रिकाबाट यस रोगबाट बच्ने उपाय, लक्षण, पहिचान, अपनाउनु पर्ने सावधानीका कुरालाई व्यापक प्रचार प्रशार गरेको थियो । विश्वमा यसको प्रभाव तिब्र त छदै थियो नेपालमा पनि संक्रमित भेटिएपछि प्रारम्भमा नगरका आधारभूत स्वास्थ्य चौकी तथा शहरी स्वस्थ्य केन्द्रमा सुरक्षात्मक साधनहरु भित्राएको पाइन्छ । अन्सारीका अनुसार आधारभुत स्वास्थ्य चौकीहरुमा ३।३ वटाका दरले पिपिइ किट र शहरी स्वास्थ्य केन्द्रमा २।२ वटा पिपिइ किट, गन थर्मोमिटर, सेनिटाइजर, पंजा र मास्क लगाएतका समग्री वितरण गरिएको छ । हाल सम्ममा ५८ वटा किट व्यवस्था गरिएको छ । त्यसैगरी नगरले संक्रमित परिक्षण र कोरोना नियन्त्रणको लागि क्वारेन्टाइन कक्षको व्यवस्था गर्ने भएको छ । शुरुमा बक्लौरीको इलाका स्वास्थ्य केन्द्रमा राख्ने भनिएता पनि पछि सुरक्षाको हिसावले क्षेत्रिय कृषि फारम उपयुक्त भएकोले सोही स्थानमा क्वारेन्टाइन राख्ने निर्णय भएको छ । ७० बेडको कक्ष निर्धारण गर्न सकिने सो स्थानमा जिलला प्रशासन कार्यालय प्रमुखबाट प्रारम्भिक अनुगमन कार्य पनि सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen