झुम्का, नविन कुमार चौधरी,
गर्मी बढे सँगै मच्छरको टोकाइबाट हुनसक्ने डेगं, मलेरिया, कालाज्वर लगाएत विभिन्न संक्रमण हुने भएकोले नगरपालिकाले अग्रिम सतर्कता अपनाउदै लामखुट्टे मार्ने औषधि बुधबारबाट छर्किदैछ । नगरपालिकाले लामखुट्टे जमेको पानी, थुप्रीएको फोहोर, झार पलाएको ठाउमा फुल पार्ने र वृद्धि गर्ने भएकोले त्यसतो अवस्था सृजना हुन नदिन सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । गत वर्ष फैलिएको डेगुंको त्रासलाई समयमै सचेत भई सरसफाइमा ध्यान दिनुहुन नगरबासीहरुलाई अनुरोध गरेको छ । लामखुट्टे मार्नका लागि नगरले आजबाट औषधि छर्किने जनाएको छ । यो विषादि स्वास्थ्यको लागि हानी कारक भएकोले विषादिबाट सुरक्षित बस्न खानेकुरा, खानेपानी लगाएतका कुरा छोपेर राख्नु पर्दछ । आज र भोली १ नं. वडामा औषधि छर्किने भएकोले १ नं. वडाबासीहरुले बेलुकीको खाना सबेरै पकाएर खान वडाध्यक्ष महेश कुमार चौधरीले अनुरोध गर्नुभएको छ । साथै खाना तथा पानी छोपेर राख्न र बेलुकी पख घरबाहिर ननिस्कन समेत अनुरोध गर्नुभएको छ ।
त्यस्तै नगरले २१ र २२ गते ५ नं वडा, २३ र २४ गते ३ नं. वडा त्यस्तै क्रमशः दुई।दुई दिनको क्रममिलाएर ८, ९, २, ४, ६ र ७ नं.वडामा औषधि छर्किने नगरपालिकाले जनाएको छ । छर्किनु अगाडि वडाले वडाबासीहरुलाई पूर्व सूचना गरीने समेत जानकारी दिएको छ ।