झुम्का, नविन कुमार चौधरी,
विश्वव्यापीरुपमा फैलिरहेको कोरोनाको संक्रमण नेपालमा नफैलियोस, समाजमा नफैलियोस, परिवारमा नफैलियोस भन्ने कामनाका साथ मर्चैयाबासीहरुले विहिबार राती श्री शन्दासी बाबा ग्रामथानमा दिप प्रज्वलन गरेका छन् । बेलुकी ७ बजेदेखी थालिएको दिप प्रज्वलन कार्यक्रममा गाउँबासीहरु पालैपालो सहभागी भएर दियो र धुप बालेका थिए । प्रज्वलित दिप रात भरी बाल्ने हेतु स्थानियबासीहरु रात भरी जागराम बसेका थिए । महामारीको रुपमा फैलिरहेको उक्त कोरोना जस्ता रोगहरु कुनैले नभेटोस भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरेको स्थानियबासीहरुले बताए ।
सदियौंदेखी मान्दै आएको शन्दासी बाबाले गाउँबासीहरुको रक्षा गरेको इतिहाँस र विश्वासलाई आत्मसात गर्दै यस रोगको प्रकोपबाट पनि बचाउने विश्वास मर्चैयाबासीहरुले लिएका छन् । आपत विपत पर्दा सन्दासी बाबाले नै रक्षा गरेको किम्बदन्ती बताउदै कोरोनाबाट पनि हाम्रो रक्षा बाबाले नै गर्नेछन् भन्ने धारणा स्थानिय ध्रुव कुमार चौधरीले बताएका छन् ।
भिडभाड गर्नुहुँदैन भन्ने मान्यतालाई अबलम्बन गर्दै बासिन्दाहरुले पालैपालो गरी दिप प्रज्वलन गरेका थिए । कार्यक्रममा महिला पुरुष, बालबालिका तथा वृद्धाहरुको समेत सहभागिता रहेको थियो । शन्दासी बाबा ग्रामथानमा मर्चैया गाउँको इतिहाँस लुकेको छ । मर्चैया गाउँ बस्नुभन्दा पूर्व रामधुनी मन्दिरका संरक्षक उदासिन महाराज बाबा बनखन्डीले सो स्थान देखाएको र सोही अनुसार त्यस ठाउँमा बस्ती बसेको किम्बदन्ती रहेको छ । त्यस ठाउँमा बस्ती बस्नु अगाडि मानिसहरुले विभिन्न रोग व्याधी, प्राकृतिक तथा दैवीक प्रकोपबाट पिडित रहेको कथा छ । उक्त पिडाबाट छुटकारा पाउन रामधुनी मन्दिर स्थित बाबा बनखण्डीको शरणमा गएका थिए । जतिबेला रामधुनीमा केवल अखण्ड धुनी र भगवान रामले प्रयोग गरेका बस्तुहरु थियो । धुनीका रक्षक मात्र नभएर मानिसहरुको दुःख कष्टको निवारण पनि बाबा बनखण्डीले गर्दै आइरहेकोे थियो । उनैले देखाएको ठाउँ जहाँ मर्चाइ भन्ने बोटमा शन्दासी बाबाको कुटी थियो, जस्ले सबैको रक्षा गर्छ भन्ने आश्वासन पछि मानिसहरुले त्याहाँ बस्ती बसाए । मर्चाइको बोटबाट गाउँको नामाकरण पनि मर्चैया रहन गएको हो । त्यस्ताका गाउँबासीहरुलाई केही समस्या र विपत्ती आएमा शन्दासी बाबाले रातीको बेला गाउँ परिक्रमा गरी विपत्तिको हरण गर्दथ्यो र गाउँ शान्त हुने गर्दथ्यो । सोही महिमालाई आराधाना गर्दै मर्चैयाबासीहरुले प्रत्येक वर्ष चैत्रमहिनामा शन्दासीबाबा थानमा बहरजत्रा पुजा गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen