झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिकाले मंगलबार कोभिड–१९, कोरोना भाइरस विरुद्ध थप सकर्तता अपनाउदै आकस्मिक बैठक बसी थप महत्वपूर्ण निर्णयहरु गरेका छन् । जेष्ठनागरिक सभाहलमा बसेको नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा बसेको बैठकले कोरोना विरुद्ध सतर्कताका लागि निर्णयहरु गरेको हो । छलफलमा कोरोनाको बढ्दो त्रासलाई नियन्त्रण गर्न विभिन्न प्रस्तावहरुमा छलफल पश्चात निर्णयहरु गरेको हो ।
सभाले जनचेतनाका कार्यक्रमहरु नगर र प्रत्येक वडाहरुले गर्ने त छदैछ, यसका साथै बाहीरबाट आएका मानिसहरुको स्वास्थ्य परिक्षणका लागि क्वारेन्टाइन कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ । रामधुनी ६ नं. वडामा अवस्थित स्वास्थ्य केन्द्रको भवनमा १५ वेडको क्वारेन्टाइन कक्षको व्यवस्था गर्ने भएको छ । उक्त कक्षमा बाहिरबाट आएका मानिसलाई आवश्यक स्वास्थ्य परिक्षण पछि मात्र पठाइने साथै कोरोनाको संक्रमण भएको शंका लागेमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने जनाएको छ ।
नगरले महामारीको रुपमा फैलिरहेको यस कोरोना बाट बच्न विपद व्यवस्थापन समिति निर्माण गरेको छ जसमा नगर प्रमुख जयप्रकास चौधरी स्वयमको संयोजकत्वमा जनचेतनाका विविधकार्यक्रमहरु संचालन भइरहेको छ । स्वास्थ्य नै धन भएकोले स्वास्थ्यको लागि कुनै पनि सम्झौता नगर्ने भनी यस विपदलाई पार लगाउन नगरले विभिन्न गतिविधी संचालन गर्ने र गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।
त्यसतै रामधुनीका प्रत्येक स्वास्थ्य केन्द्रमा २४ घण्टा स्वास्थ्य सेवा प्रदान गर्नकालागि स्वास्थ्यकर्मीहरुको एमर्जेन्सी टिमको व्यवस्था गरिएको छ भने ३ वटा एम्बुृलेन्सको पनि तत्काल व्यवस्था गरिएको छ । साथै उक्त एम्बुलेन्समा विरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउने ल्याउने खर्च नगरपालिकाले व्यहोर्ने जनाएको छ । मोहमद समिम अन्सारीको संयोजकत्वमा संयोजकत्वमा गठन गरिएको सो टिममा नगेन्द्र पौडेल, परशुराम शाह, चकेन्द्र थापा, सन्तोष चौधरी, हरिदेव ठाकुर र देव नारायण राय रहेको छ । स्वास्थ्यकर्मीहरुको फोन नं. सहित नगरले वेवसाइट तथा नगरको सूचना पार्टीमा निर्णयहरु टाँस गरेको छ । त्यसतै सभाले अर्को महत्वपूर्ण टिमको पनि गठन तथा परिचालन गरेको छ । क्वीक रेस्पोन्स टिम जसले त्यसतो किसिमको समस्या परेको व्यक्तिको लागि हरपल तयार रहेर बस्ने जनाएको छ । रामधुनी वडा नं. ५ का वडाध्यक्ष डेगराज फुयालको संयोजक्त्वमा गठन भएको सो टिममा प्र.प्र. अ. ओमकार प्र. न्यैपाने, वडाध्यक्षहरु महेश कुमार चौधरी, घनश्याम चौधरी, हेम ना. राजधामी, रेडक्रस सोसाइटिका अध्यक्ष इश्वर घिमिरे, उद्योग बाणिज्यका दुर्गाफुयाल, सुचना प्र. बसन्त मोते, जिन्सी व्यवस्थापन प्र. दुर्गेश विक, स्वास्थ्य इन्चार्ज समिम अन्सारी लगायतको फोन नं. सहित क्वीक रेस्पोन्स टिम गठन गरिएको छ ।
नगरपालिकाले यस महामारीको रुपमा फैलिरहेको कोरोना नेपालमा प्रभाव कम गर्न दश लाखको बजेट तत्काल छुट्याएको छ । यसका साथै नगरले कार्यालय अगाडि तथा विभिन्न स्थानमा साबुन पानीको व्यवस्था, स्वास्थ्य स्वयम सेवीका मार्फत जनचेतनामुलक पर्चा वितरण, मेडियाहरुबाट प्रचार प्रशारको कार्यक्रम व्यापकरुपमा अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen