झुम्का, नविन कुमार चौधरी,
विश्वभरी संक्रमण फैलिरहेको कोरोना भाइरसबाट संक्रमित १ जना काठमाडौंमा फेलापरेको पाइएको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पुष्टि गर्दै १ जनामा कोरोना भाइरस फेला परेको बताएका छन् ।
फ्रान्सबाट चैत्र ४ गते काठमाडौं आएका १९ वर्षिय युवतीको टेकु स्थित शुक्रराज अस्पतालमा उपचार भइरहेको बताइएको छ । चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमण १९२ राष्ट्रमा फैलिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार विश्वमा कोरोना भाइरस ३ लाख भन्दा बढी मानिसमा संक्रमण भइसकेको छ भने १४ हजार ६ सय मानिसको मृत्यु भइसकेको छ । छिमेकी राष्ट्र भारतमा ४१८ जनामा कोरोना भाइरसमा संक्रमण देखिएको छ भने सात जनाको मृत्यु भैसकेको त्यहाका सञ्चार माध्यमहरुले जनाएको छ । छिमेकी राष्ट भारतमा कोरोना नियन्त्रणका लागी आइतबार जनता कफर्यू र त्यहाका जिल्ला लाकडाउन गरीएको छ ।
रामधुनी नगरमा नगर पालिका कार्यालयले आइतबार जारी गरेको सूचनामा चैत्र २१ गते सम्म स्थानिय हाट बजार बन्द गर्ने जनाइएको छ । कार्यालयले अत्याबश्यक सेवा बाहेक सम्पुर्ण सेवा बन्द रहने सूचनामा उल्लेख छ । नगरपालिकाले नगरका विभिन्न ठाउँमा सावुनपानीले हाथ धुने व्यवस्था गरेको छ भन नगरबासीहरुलाई मास्क वितरण गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी झुम्का उद्योग बाणिज्य संघले स्थानिय बजारमा माईकि गर्दै अनिश्चित कालका लागि बजार बन्द गर्न अपिल गरेको छ । अतिआवश्यक औषधि, खाद्यान्न बाहेक सबै पसल बन्द गर्न सूचना जारी गरिएको झुम्का उद्योग बाणिज्य संघका वाणिज्य सचिव नविन कुमार चौधरीले जानकारी दिए । झुम्कामा रहेको राँगा, खशि, कुखुराको मासु तथा माछा जन्य बस्तुहरु भारतबाट ल्याई विक्रिवितरणमा रोक लगाएको छ ।