झुम्का, नविन कुमार चौधरी
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण रामधुनी नगरपालिका कार्यालयले सतर्कता अपनाउनका लागि महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेको छ ।
नगरपालिका कार्यालयले जारी गरेको विज्ञप्तीमा स्वास्थ्य र सरसफाइ तथा आन्तरिक कामबाहेक सबैसेवाहरु चैत्र ९ गते देखी २१ गते सम्म बन्द गरिएको जनाएको छ । साथै नगरक्षेत्रमा लाग्ने हाटबजार बन्द गरिएको सूचना जारी गरिएको छ । विज्ञप्तीमा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, रोग प्रतिरक्षात्मक आहारहरु सेवन गर्न, पटक पटक सावुन पानीले हाथ धुन आग्रह गरेको छ । नगरपालिकाले हाथ धुनको लागि गेटमै पानी र सावुन को व्यवस्था गरेको छ । त्यसैगरी नगरपालिकाको स्वास्थ्य शाखा नगेन्द्र पौडेलका अनुसार नगरका सबै स्वास्थ्य कार्यालयहरुमा मास्क, सेनिटाइजर र गन थर्मामिटरको व्यवस्था गरिएको छ ।
यसैगरी उद्योग बाणिज्य संघ झुम्काका महासचिव नविन चौधरीले संकटको घरीमा व्यवसायीहरुलाई कालाबजारी नगर्न अपिल गर्दै त्यसतो कार्य गरेको खण्डमा कानुन अनुसारको कार्वाहीको लागि पहल गरिने बताउनुभयो । यस्तै नगरका वडाध्यक्षहरुले समेत नगरबासीहरुलाई कोरोना भाइरसबाट सतर्कता अपनाउन हार्दिक अपिल गरेको छ । नगरको वडाहरुमा सर्वसाधारणलाई सजगता अपनाउनलाई माइकिगं तथा पर्चा पंपलेट वितरण गरिएको छ । रामधुनी नपाका वडा नं. १ का वडाध्यक्ष महेश कुमार चौधरीको हस्ताक्षर रहेको विज्ञप्तीमा वडा बासीहरुलाई कोरोना भाइरसबाट सतर्कता अपनाउन अनुरोध गरिएको छ । विज्ञप्तीमा वडामा लाग्ने हाट बजारहरु चैत्र २१ गते सम्मका लागि बन्द गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen