झुम्का, नविन कुमार चौधरी, चैत्र ८
सुनसरीको रामधुनी नपा, झुम्का बजारमा आज विहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ रामधुनी र लियो क्लव अफ रामधुनी सिटिको संयुक्त आयोजनामा सम्पन्न सो रक्तदान कार्यक्रम कोरोना भाइरसबाट हुन सक्ने रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै पूर्व तयारीको उद्धेश्यले गरिएको हो । विश्वमा यतिवेला कोरोना भाइरसको प्रभाव महामारीको रुपमा फैलिएको अवस्थामा नेपाललाईपनि उच्च जोखिममा राखिएको छ । उक्त कारणले हुन सक्ने रक्त अभावलाई परिपूर्तिगर्न सो कार्यक्रम गरिएको लियो क्लव अफ रामधुनी का अध्यक्ष मनिष कापफ्लेले बताए ।
कार्यक्रम झुम्का बजारको घिमिरे मार्केट अगाडि गरिएको हो कार्यक्रममा २ जना महिला सहित ३५ जनाले रगत दान गरेका थिए । रेडक्रस सोसाइटि अफ धरानको प्राविधीक सहयोगमा सम्पन्न सो कार्यक्रमको लागि रामधुनी नगरपालिका, घिमिरे मार्केट तथा रामधुनी वडा नं. ५ले आर्थिक सहयोग गरेको हो । कार्यक्रम दवै संस्थाका अध्यक्ष द्वय मनिष काफ्ले र सागर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen