झुम्का, नविन कुमार चौधरी, चैत्र ८
कोरोना भाइरसको प्रभाव बाट सतर्कता अपनाउदै रामधुनी नगरपालिका तथा झुम्का उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय पकलीसँग सहकार्य गर्दै बजारमा भिडभाड नियन्त्रणको लागि पहल गरिरहेको छ । आज विहानैदेखी इलाका प्रहरीको टोली खटी भिड नियन्त्रण तथा हाट बजार व्यवस्थापनका लागि अति आवश्यक कच्चा साग सव्जी, दुग्दजन्य बस्तु बाहेक अन्य प्रायोजनका सामान हाटमा भित्राउन दिइएको छैन ।
कोरोना भाइरसको संक्रमण भिडभाडमा बढी सर्ने सम्भावना भएकोले भिड नियन्त्रण गर्न लागिएको इलाका प्रहरीश्रोतले जानकारी दिएको छ । त्यसैगरी रामधुनी नगरपालिका वडा नं. १ द्वारा आजबाट कोरोना भाइरस संक्रमणबाट बच्न जनचेतनाको लागि यस रोगका लक्षण, बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीहरुको बारेमा पर्चा पंपलेट सर्वसाधारणमा वितरण गर्ने कार्यक्रम गर्ने वडा नं. १ श्रोतले जानकारी दिएको छ ।
त्यसैगरी यसै सम्बन्धि सचेतनाको लागि रामधुनीका विभिन्न संघ संस्था, लगाएत झुम्का जेसिस, लायन्स क्लव अफ रामधुनी, व्यवसायी वर्गहरुले चैत्र १० गतेदेखी जनचेतना मुलक कार्यक्रम गर्ने तथा १००० पिस मास्क सर्वसाधारणमा वितरण गर्ने जेसिजका रामधुनी अध्यक्ष डिल्ली गुराँगाईले जानकारी दिनुभयो ।