झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नपा वडा नं. २को सभा हलमा फागुन २१ र २२ गते अपाङ्गता सम्बन्धि दुई दिने सचेतना कार्यक्रम तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाल अपाङ्गता संरक्षण समिति रामधुनी वडा नं. २ को आयोजनामा थालिएको सो अभिमुखिकरण तथा सचेतना कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावक, सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अपाङ्गता भनेको के हो ? अपाङ्गता कति प्रकारका हुन्छन् ? ति अपाङ्गता भएका व्यक्तिहरुले सरकार र समाजबाट कस्ता सेवा सुविधा पाउनुपर्दछ ? परिवार र समाजले तिनिहरुलाई कस्तो व्यवहार गर्नुपर्दछ भन्ने विषयमा अभिमुखिकरण गराइएको थियो । साथै कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामग्रीहरु वितरण गरिएको छ ।
सामग्री वितरण कार्यक्रम अन्तर्गत नगर समितिले बुधबार सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई शैक्षिक समग्री वितरण गरेको छ भने १० जनालाई छात्रवृति प्रदान गरिएको छ । त्यसतै अपाङ्गता भएका व्यक्तिहरुलाई वाकर, ह्वील चेयर, वैशाखी लगाएतका सहायक सामग्री वितरण गरिएको छ भने विहीबार ६६ जना लाई झुल वितरण गरिएको छ ।
अपाङ्गता संरक्षण रामधुनी नगर समितिका अध्यक्ष डिल्लि प्रसाद चौलागाईले प्रशिक्षण दिएको सो कार्यक्रममा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई दिने सेवा सुविधा, मौलिक हक,अधिकार तथा संरक्षणका सवालमा सचेत गराएका थिए । संविधानले तोकेका कार्यक्रम तथा सुविधाहरु यदि सम्बन्धित संघ संस्था, निकाय तथा नगरपालिकाले न दिएको भए वा उक्त सेवा बाट वञ्चित भएको खण्डमा के गर्न सकिन्छ भन्ने बाटा हरुको बारेमा छलफल तथा परामर्श गरिएको थियो । साथै परिवार तथा समाजमा अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्ने बोली तथा व्यवहार सभ्य र सम्मानित हुनुपर्दछ । यस्तो बोली व्यवहारले तिनीहरुमा आत्मबल बढ्नुका साथै तिनी भित्र रहेका विभिन्न प्रतिभाहरु बाहिर आउने हुन्छ र अपाङ्गता भएका व्यक्ति पनि आत्मनिर्भर भएर समाजमा बाँच्न सक्दछ भन्ने धारणा सिकाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख सविना चौधरीले अपाङ्गता भएका व्यक्तिलाई गर्ने राम्रो व्यवहारले तिनिहरुमा उत्प्रेरणा वृद्धि हुने बताउदै समाजमा रहेका त्यसता व्यक्तिहरुको हितका लागि सबैले सोच्नु पर्ने र सरसहयोग गर्नुपर्ने बताउनुभयो । साथै सरकार र नगरले तिनिहरुलाई उपलब्ध गराएको सेवा सुविधा तथा कार्यक्रमको लागि नगरले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र प्रत्येक वडामा अपाङ्गता संरक्षणको लागि बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल अपाङ्गता संरक्षण समिति रामधुनी २ का अध्यक्ष खड्ग थापाको सभापतित्वमा सम्पन्न भएको हो । आर्थिक सहयोग भने रामधुनी वडा नं. २ वडा कार्यालयले गरेको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen