झुम्का, नविन कुमार चौधरी
नगर बाल संजाल रामधुनीको सक्रियतामा बाल बिवाह विरुद्ध सचेतनाका निम्ति नगरका विभिन्न स्थानमा बालबालिकाहरु सडक नाटक गरिरहेका छन् । बालिका संरक्षण परियोजना अन्तर्गत “बिहे बारी २० वर्ष पारी” भन्ने नारालाई मुख्य सार बनाई “सानै छु अहिले, पढ्नु छ मैले, बाल बिवाह हैन पढ्नुछ पहिले”, लेखिएको व्यानर लिएर सो सडक नाटक अभियानकोरुपमा बालबालिकाहरुले अगाडि बढाइरहेको छ ।
सडक नाटकमा बाल बिवाहले परिवार तथा समाजमा विभिन्न समस्या निम्त्याउने भएकोले बालबिवाह गर्नु हुँदैन, कानुनी रुपले पनि यो दण्डणीय छ भन्ने सन्देशलाई उजागर गरी समाजमा जनचेत्तना फैलाई रहेको नगर बाल संजालका अध्यक्ष मन्न खड्काले जानकारी दिए । उनले यस नाटकले बालबालिकाको व्यक्तित्व विकासका लागि बिवाह हैन शिक्षा जरुरी रहेको सन्देश दिएको बताए ।
साझा सवालका लागि साँझा मञ्च (कोकन) नगर बाल संजाल रामधुनी को आयोजनामा प्लान इन्टरनेशनलको सहयोग र रामधुनी नगरपालिकाको समन्वयमा संचालित सो अभियानले बाल मैत्री वातावरण निर्माणमा थप सहयोग पु¥याउने विश्वास गरिएको छ । रामधुनी नगरले २०७६ चैत्र मसान्त सम्ममा नगरका नौं वटै वडालाई बालमैत्री वडा घोषणा गर्ने योजना लिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen