झुम्का, नविन कुमार चौधरी
दादुरा रुबेला विरुद्धको खोप कार्यक्रमको भासी केन्द्र अन्तर्गत शुक्रबार रामधुनी वडा नं. २ स्थित तित्रीवनमा कार्यक्रम सम्पन्न भएको छ । रामधुनी वडा नं. २ का वडा सदस्य राधा देवी बस्नेतबाट उद्घाटन गरिएको सो खोप कार्यक्रममा जम्मा २५३ जना बालबालिकाहरुलाई खोप तथा पोलियो थोपा प्रदान गरिएको थियो । जस मध्ये जन्मे देखी ९ महिना सम्मका बालबालिकाको संख्या ४३ रहेको थियो । ९ महिना देखी ५ वर्ष मुनीका बालबालिका जम्मा २१० जना रहेको थियो ।
त्यसैगरी शुक्रबार नै संचालित खोप कार्यक्रम अर्को केन्द्र रामधुनी बोडिङ् स्कुलमा जम्मा जन्मे देखी ५ वर्ष मुनीका बालबालिका १९४ जनालाई खोप दिइएको थियो । दादुरा खोप लिनेको संख्या १७७ रहेको थियो भने जन्मे देखी ९ महिना सम्मका बालबालिका जम्मा १७ जना रहेको थियो ।कार्यक्रमको उद्घाटन विद्यालयका प्रिन्सीपल बाट गरिएको थियो ।
फागुन १४ गतेबाट सुरु भएको कार्यक्रम २२ गते सम्म संचालन हुने छ । फागुन १७ गते देखी यस केन्द्रमा १–१ वटा केन्द्र रहने छ । भोलीको खोप कार्यक्रम वडा नं. २ को शिवनगर मा.वि.मा नगर उप–प्रमुख सविना चौधरीबाट उद्घाटन गरिने कार्यक्रम रहेको केन्द्र इन्चार्ज चकेन्द्र थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen