झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिकामा नगर स्वास्थ्य समन्वय समितिले दादुरा, रुवेला खोप अभियानलाई सफलताका साथ सम्पन्न गर्न नगरस्तरिय अन्तरक्रिया कार्यक्रम विहिवार सम्पन्न गरेको छ । राष्ट्रिय अभियानलाई नगरले प्रभावकारी ढंगबाट सम्पन्न गर्न सो कार्यक्रम गरेको स्वास्थ्य प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले दादुरा रुवेलाको निराकरणको लक्ष्य सन् २०२३ सम्म लिएकोले सो लक्ष्यलाई पूरा गर्ने उद्देश्यका साथ संचालित खोप कार्यक्रम कुन ढंगबाट सम्पन्न गर्ने, खोपको महत्व, औचित्य तथा सरकारको प्रथम प्राथमिकता रोग मुक्त देश बनाउने बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा दादुरा, रुवेला के हो ? यो रोग क–कस्लाई लाग्दछ ?यो सम्बन्धि खोप कति उमेरकालाई लगाउने खोप कार्यक्रमको व्यवस्थापन नगर र वडाले कसरी गर्ने भन्ने विषयमा वृहत छलफल गरिएको थियो ।
छलफलबाट दादुरा रुवेला विरुद्धको भ्याक्सीन ९ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई लगाउने, साथै जन्मेदेखी ५ वर्ष मूनिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने जानकारी दिएको हो । फागुन १४ गते देखी सुरुवात गरी २२ गते सम्म उक्त खोप कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रमको प्रभावकारिताको लागि नगर, वडा, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम् सेविका लगाएत जिम्मेबार पक्षले प्रचारप्रसार तथा सरसहयोग गर्ने कुरामा आआफ्नो ठाउबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा उपमेयर सविना चौधरीले खोपको महत्व दर्शाउदै वडा तथा नगरले प्रचार प्रशारलाई प्रभावकारीका साथ अगाडि बढाई पिछडा समुदायमा जनचेतना फैलाउनुपर्ने बताउनुभयो । उहाँले दलित, मुसहर, मुस्लिम समुदायका परिवारका बालबालिका न छुटाउने उद्देश्यले कार्यक्रम प्रभावकारी ढंगले गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कर्मीहरुले कतिपय स्थानमा खोप केन्द्रको व्यवस्थापन नभएकोले रुखमूनी खोप कार्यक्रम संचालन गर्नुपर्ने अवस्था रहेकोले असुरक्षित महशुस भएको र कुनै अप्रीय घटना भएमा त्यसको जिम्मेबारीका सवालमा प्रश्न उठाएका थिए । साथै खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलेकिएको स्वास्थ्य कर्मी तथा स्वयम्सेविकाको संख्या कम भएकोले थप जनशक्ति परिचालनको जिम्मेवारी स्वरुप नगर तथा वडाले थप सुविधा राख्नुपर्ने प्रस्ताव राखेका थिए ।
अन्तरक्रियामा स्वास्थ्य इन्चार्ज ज्यूले खोपको महत्व दर्शाउदै यस कार्यक्रमले मातृ तथा बाल मृत्यु दरलाई कम गरेको बताउनुभयो । हाल सरकारले ११ प्रकारका खोपहरु उपलब्ध गराइरहेको बताउदै, उहाँले डव्लुएचओको ७२औं बैठकले दादुरा रुवेलाको प्रभावलाई २०२३ सम्ममा ९५ प्रतिशत भन्दा बढी बनाई रोगको निर्मुलन गर्ने लक्ष्य लिएको बताउनुभयो । सन् २०१९ सम्ममा सो लक्ष्य लिएको भएपनि नेपाल लगाएत ६ राष्ट्रमा यो रोग निवारण हुन नसकेको र नेपालमा ३६६ वटा केश देखिएको तथ्याङक रहेको बताउनुभयो । तथापि सन् २०००को तुलनामा ९८ प्रतिशतले दादुरा र ९७ प्रतिशतले रुवेलामा कमी आएको, जस्लेगर्दा ९० प्रतिशतले बाल मृत्युदर घटेको जनाएको छ ।
सन २०१८ को तथ्याङ्क अनुसार बाल मृत्यू दर प्रति १००० मा ३९ जना प्रति १ लाखमा २३९ जना मातृ मृत्यु र प्रति १००० मा २८ जना १ वर्ष मूनीका बालबालिकाको मृतयु हुनेगरेको थियो ।
दादुरा–रुवेला कस्तो प्रकारको रोग हो ?
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणले हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरु सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।
बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरु हुनुका साथै मृत्यु समेत गराउन सक्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मिने, मृत बच्चा जन्मिने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरु देखा पर्न सक्दछ ।
यी रोगहरु कसरी सर्दछ ?
दादुरा–रुबेलाको भाइरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही बृद्धि हुने र श्वास नलि एवम् अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुबै रोग संक्रमण भएको व्यक्तिले खोक्दा, हाछिंउ गर्दा निस्कने छिटा (मचयउभितक बलम कभअचभतष्यलक) एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
दादुरा–रुबेला रोग लाग्दा देखिने प्रमुख लक्षणहरु
१. ज्वरो आउनु र शरीरमा राता विमिरा देखा पर्नु दादुरा–रुबेला रोगको प्रमुख लक्षण हुन् ।
२. रुघाखोकीका लक्षणहरु देखीनु, जस्तै नाकबाट पानी बग्नु, खोकी लाग्नु, आँखा रोतो हुने, आँखा पाक्ने आदी ।
३. रोगीको सम्पर्क आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण देखा पर्दछ भने १२ देखी २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ ।
४. दादुरा संक्रामक व्यक्तिलाई डावर र बिमिरा देखा पर्नु भन्दा ४ दिन अगाडी र डावर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।रुबेलाको हकमा विमीरा देखा पर्नु भन्दा ७ दिन अघि देखी ५ दिन पछि सम्म देखा पर्न सक्दछ । ऋच्क् भएको बच्चाले १२ महिनाको उमेर सम्म सबैलाई रुबेला सार्न सक्दछ ।
दादुरा रोगबाट हुने जटिलता
* आँखाको अन्धोपना,
* पखाला लाग्ने,
* कानको संक्रमण,
* निमोनिया,
* मस्तिष्कमा कडा खालको संक्रमण (धलअभउजबष्तिष्भक),
* कम्पन,
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।
रुबेला रोगबाट हुने जटिलता
* हाडजोर्नीहरु सुन्निने वा दुख्ने,
* मस्तिष्कमा कडा खालको संक्रमण
* गर्भपतन हुने वा मृत शिशु जन्मने,
* जन्मदै हुने विकलाङ्ग, (CRS – अन्धोपना, मुटु र मस्तिष्कमा विकृति) आदि,
* रगत जम्ने क्षमतामा कमि (रक्तश्राव) आदि,
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen