झुम्का, नविन कुमार चौधरी

सुनसरीको कोशी सेन्ट जेम्स कलेज तथा विद्यालयले प्राथमिक तह देखी स्नातक सम्मका विद्यार्थीको कलालाई प्रोत्साहित गर्ने उद्देश्यले विहिबार वृहत प्रदर्शनी कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयले पाठ्यक्रममा अध्ययन गरेका सैद्धान्तिक विद्यालाई व्यवहारीक रुपले प्रस्फुटन गर्ने र तिनको क्षमता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले सो कार्यक्रम तिन वर्ष देखी निरन्तररुपमा गर्दै आइरहेको प्र. अ. रामकुमार कालाखेतीले जानकारी दिनुभयो । प्रदर्शनी कार्यक्रममा नर्शरी देखी स्नातक तहसम्मका विद्यार्थीहरुले जम्मा १३६ वटा इस्टलहरु प्रदर्शन गरेका थिए । विद्यालयको तर्फबाट भने १६० इस्टलहरु राख्ने योजना रहेको जनाएको छ ।
विद्यालयमा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, कम्प्यूटर विज्ञान लगाएतका संकायमा स्नातक सम्मको अध्यापन संचालन गरेको छ भने आधुनीक शिक्षा प्रविधि सहित ओ.बी.टि.ई. शिक्षा प्रणालीबाट अध्यापन गराइरहेको जनाएको छ । त्यसतै व्रिटिस काउन्सिलको सहकार्यमा आइ. एस. ए. कार्यक्रमलाई अवलम्बन गरेर थप प्रभावकारी शिक्षा बनाउने निति लिएको छ । सुनसरीको प्रख्यात तथा गुणस्तरिय कलेजको सूचिमा गनिने सो कलेज तथा विद्यालयले निकट भविष्यमा बि.बि.ए., बि. ए. सि. तथा एम. बि.ए. लगाएतको शिक्षा संचालन गर्ने जानकारी दिएको छ ।
इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमबाट उद्धघाटन गरिएको सो वृहत प्रदर्शनी कार्यक्रममा विद्यार्थी छात्र छात्राहरुले पाठ्यक्रममा अध्ययन गरेका शिक्षालाई व्यवहारिक रुपमा प्रस्तुत गरी स्वयमं प्रोजेक्टको वर्णन गर्दै आफ्नो प्रतिभा तथा क्षमताको प्रदर्शन गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen