झुम्का, नविन कुमार चौधरी, फागुन ७
सुनसरीको रामधुनी नपा कार्यालयको मंगलबार छैठौं नगरसभा सम्पन्न भएको छ । सम्पन्न सभाले विभिन्न ऐन नियम तथा कार्यविधि २०७६ पारित गरेको छ । रामधुनी नपाको बालमैत्री स्थानिय तह घोषणा कार्यविधि, रामधुनी नपाको गुनासो संबोधन तथा व्यवस्थापन कार्यविधि, सामाजिक परिक्षण कार्यविधि, खानेपानी सरसफाइ तथा स्वच्छतता कार्यविधि, समितिको कार्यसम्पादन कार्यविधि, सार्वजनिक सुनुवाई कार्यविधि, कृषि विकास कार्यक्रम तथा व्यवस्थापन कार्यविधि २०७६ गरी जम्मा १२ वटा कार्यविधि पारित गरेको छ । त्यसतै, रामधुनी नपाको आर्थिक ऐन, विनियोजन ऐन, सामाजिक परिक्षण कार्यविधि ऐन २०७६ पारित गरेको छ ।


त्यसैगरी सभाले आ.व. २०७६र०७७ का लागि विनियोजन गरेको बजेट विभिन्न शिर्षकमा रकमान्तर गरी बजेट संशोधन समेत गरेको छ । यस आ.व.मा हाल सम्ममा सम्पन्न भएका कार्यक्रम तथा बजेटको कार्यसम्पादन प्रतिवेदनमाथि छलफल गर्दै सभाले सम्पन्न गर्न कठिनाइ भएका परियोजनाको बजेट अन्य शिर्षकमा रकमान्तर गरेको हो । हाल सम्ममा ५ करोड बढीको बजेट अन्य शिर्षकमा रकमान्तर गरेको २ नं. वडाध्यक्षले जानकारी दिनुभायो । वडाध्यक्ष चौधरीले विगतमा पारित भएका विभिन्न कार्यान्वयन नभएका योजनाहरुको बजेट अर्को योजनामा रकमान्तर गरिएको जानकारी दिनुभयो ।


रामधुनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरीले युवा विकास तथा वन सम्बन्धि महत्वपूर्ण ऐन पारित गरेको जानकारी दिनुभयो । सभामा रामधुनी नगरपालिकाका उपप्रमुख सविना चौधरीले संशोधित तथा थप बजेट, कार्यक्रम तथा प्रशासनिक प्रतिवेदनका साथै संशोधित आय व्ययको विवरण प्रस्तुत गरेका थिए ।
सम्पन्न सभाले नगरपालिकामा विगतमा गठन भएको लेखा समिति निश्क्रिय भएकोले सभाले नयाँ लेखा समिति निर्माण गरेको छ । वडा नं. ९ का वडा सदस्य पुष्पलाल चौधरीको संयोजक्त्वमा लेखा समिति गठन गरिएको नगरपालिका श्रोतले जनाएको छ ।
सभामा पालिका नगर प्रमुख जय प्रकाश चौधरी, प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यैपाने, विषयगत शाखाका प्रमुखहरु, वडाध्यक्षहरु, वडा सदस्यहरु, लगाएतका सहभागीमा विभिन्न ऐन तथा कार्यविधि २०७६ पारित गरिएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen