झुम्का, नविन कुमार चौधरी, फागुन ७
प्रजातन्त्र दिवसको अवसरमा जेष्ठ नागरिक सरोकार समुहको वडा नं. १ ले बुधबार एक कार्यक्रम गरी जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । रामधुनी नपा अगाडि रहेको जेष्ठ नागरिक सरोकार समुहको भवनमा सम्पन्न सो कार्यक्रममा वडा नं. १को नयाँ कार्य समिति गठन कार्यक्रम समेत रहेको थियो ।