झुम्का, नविन कुमार चौधरी, फागुन २ ,
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ९ मा विहिवार वृहत्त ¥याली सम्पन्न गरी बालमैत्री वडा घोषणाको अन्तिम चरणमा रहेको वडाध्यक्ष घनश्याम चौधरीले बताउनुभएको छ । वडा बाल संजाल, नगर बाल संजाल, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक, नगरकार्यपालिका सदस्य तथा कर्मचारी, वडा नं. ९ का जनप्रतिनिधिहरु लगाएत स्थानियहरुको सहभागितामा सम्पन्न भएको सो वृहत ¥याली सितपुर पोखरीबाट शुरु भइ सितपुर, मर्चैया, छप्की हुँदै डुम्राहा हटिया चौकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वडाध्यक्ष चौधरीले सो कुरा बताएको हो । उहाँले कोणसभामा बोल्दै रामधुनी नपा वडा नं. ९ बालमैत्री वडा घोषणाको अन्तिम चरणमा रहेको भन्नुभयो । वडाले बाल मैत्री घोषणाको निम्ति विभिन्न कार्यक्रमहरु गर्दै राष्ट्रिय व्यापी सूचक र नगरको थप एक सूचक गरी ४० सूचक तोकेको जानकारी गराउदै वडाले ९० प्रतिशत सूचक पूरा गरिसकेको र अब चाँडै यस वडालाई पूर्ण बालमैत्री वडाकोरुपमा घोषणा गर्ने बताउनुभयो । उहाँले फागुण १४ गते सम्ममा पूर्ण बालमैत्री वडाकोरुपमा घोषणा गर्ने जानकारी दिनुभयो, त्यो भन्दा अगाडि बाँकीरहेको १० प्रतिशत सूचक पनि पूरा गर्नुपर्ने हुन्छ । जसको लागि सम्पूर्ण वडाबासी, विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावकहरुको निरन्तर साथ र सहयोग आश्यक रहेको बताउनुभयो ।


बलमैत्री घोषणाका लागि संगठितरुपमा वडाका बाल संजाल, नगर संजाल, विद्यार्थी शिक्षक तथा अभिभावक लागेकै कारण यो कार्यक्रम अन्तिम चरणमा पुग्न सफल भएको कोणसभामा बक्ताहरुले वक्तव्य राखेका थिए । आयोजित ¥यालीमा बालश्रम शोसन बन्दगर, बाल अधिकारको संरक्षण गरौं, बालमैत्री स्थानिय शासन लागुगरौं, बालविकासको अधिकार सुनिश्चित गरौं, बाल हिंसा अन्त्य गरौं, बिहेबारी २० वर्ष पारी, लगाएत लेखिएका प्लेकार्ड सहित कार्यक्रम गरिएको थियो ।


कोण सभामा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, श्री चन्द्रकमल माविका प्र.अ. हरिनारायण चौधरी, संस्थागत विद्यालयको तर्फबाट इवीस्डम इ.स्कुलका प्रि. रामचन्द्र चौधरी, नगर बाल संजालका अध्यक्ष ममन खड्का, वडा बालसंजालका अध्यक्ष सविना चौधरी, वडा सदस्य पुष्पलाल चौधरी लगाएतले मन्तवय राखेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen