झुम्का, नविन कुमार चौधरी, माघ २९
सुनसरीको रामधुनी नपाद्वारा आयोजित वडास्तरीय नकआउट महिला भलिवल प्रतियोगिताको आज भएको फाइनल खेलमा वडा नं. ९ विजयी बन्न सफल भएको छ । झुम्का हटिया फिल्डमा भइरहेको उक्त फाइनल खेलमा वडा नं. १ र ९ बिच भएको हो । स्वास्थ्य र अनुशासनको लागि आयोजना गरिएको उक्त प्रतियोगिताले महिलाहरुको मनोबलमा साकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।


सोमबार बाट शुरु भएको सो वडास्तरिय भलिवल प्रतियोगितामा वडा नं. १ ले मंगलबार भएको सेमीफाइनल खेलमा वडा नं. ४ लाई २–० को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी मंगलबारै भएको सेमी फाइनल खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई पहिलो सेटमा २५–८ र दोश्रो सेटमा २५–१३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
आज भएको फाइनल खेल वेष्ट अफ फाइबमा खेलाइएको थियो जसमा वडा नं. ९ ले वडा नं. १ लाई २५–११, २५–१६ र २५–१२ को अंकान्तरले पराजित गरि विजय हाँसिल गरेको हो । विजेता टिम वडा नं. ९ ले नगद पुरस्कार २१ हजार सहित सिल्ड, प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्नेछन भने उपविजेता टिम वडा नं. १ ले नगद १३ हजार सहित सिल्ड, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको छ ।
फाइनल खेल तथा समापन समारोह रामधुनी नगर प्रमुख जयप्रकास चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नौं वटै वडाका जनप्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु, बुद्धी जिवी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
खेलले मानिसको स्वास्थ्यका साथै, असल व्यवहार, आत्म अनुशासन र व्यक्तित्व विकासमा टेवा पु¥याउने भएकोले नगरले खेल जगतमा योगदान पु¥याउदै आइरहेको र यस्तो कामको लागि सधैं नगर तत्पर रहने नगर प्रमुख चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen