झुम्का, नविन कुमार चौधरी, माघ २८ न
सुनसरीको इटहरी उमनपा वडा नं. १६ मा अवस्थित सित्तल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा मंगलबार निशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । संस्थाबाट वार्षिक कार्ययोजना अनुसार प्रत्येक वर्ष शिविर आयोजना गर्ने गरिन्छ । शिविर संचालनमा विराटनगर आँखा अस्पताल विराटनगरले प्राविधिक सहयोग उपलब्ध गराएको हो ।


इटहरी वडा नं. १६ को वडा कार्यालय प्राङ्गनमा सम्पन्न भएको सो शिविरमा ८९ जना आँखा तथा १३ जना कानको समस्या भएका मानिसहरुले सेवा लिएका थिए । संस्थाका अध्यक्ष अनारवत्ती चौधरीको अध्यक्षतामा सम्पन्न सो आँखा तथा कान जाँच शिविरमा ३६ जनामा मोतिया विन्दुका समस्या भेटिएको थियो । मोतिया विन्दु समस्या भएका विरामीलाई आजै अपरेशनको लागि विराटनगर आँखा अस्पतालमा लगिएको छ । विरामीहरुको निशुल्क आँखाको अपरेशन गरिनुका साथै खाने बस्ने सुविधा रहेको संस्थाका व्यवस्थापक रमेश कुमार चौधरीले जानकारी दिनुभयो । उहाँले संस्थाबाट प्रत्येक वर्ष आँखा तथा कान जाँज शिविर, महिलाहरुको पाठेघर जाँच शिविर तथा रक्तदान कार्यक्रम, समा चकेवा उत्सव कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो ।


शिविरबाट प्रत्यक्ष लाभ लिएका मोतिया विन्दुबाट प्रभावित सेवाग्राही, इटहरी १४ लोहनी बस्ने फुलो देवी चौधरीले शिविरले उनी जस्ता बुढाबुढीलाई निकैनै राहत पुगेको बताइन् । त्यसतै हाल झुम्का बस्ने लोहनी निवासी एउटा आँखा शिविर मार्फत नै बनाएकी दशनी देवी चौधरीले यस सहकारीले आयोजना गर्ने शिविरले दृष्टि प्रदान गरिनुका साथै बाँच्ने आशा थपेको बताएकी छन् । मोतियाविन्दुकै सिकार भएका अर्का गढी गापा १ लक्ष्मैनिया निवासी जयनारायण ठाकुरले पनि शिविरले आत्मविश्वास बढेको बताउदै यो कार्य निकैनै सह्रायिन रहेको बताए । उनले २ महिना अगाडि आफ्नी श्रीमतीको आँखाको अपरेशन गर्दा औषधि उपचार तथा यातायात गरी ५हजार खर्च गर्नुपरेको र यस शिविरले निशुल्क सल्यक्रिया गरिदिने भएकोले आफुलाई खुशी लागेको बताए ।
सित्तल बचत तथा ऋण सहकारी संस्थाले गत साल चैत्रमा पनि शिविर संचालन गरेको थियो । सो शिविर संचालन गर्दा १५० जना भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएको संस्थाका व्यवस्थापक रमेश कुमार चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen