झुम्का, नविन कुमार चौधरी, माघ २८
सुनसरीको रामधुनी नपाद्वारा आयोजित वडास्तरीय नकआउट महिला भलिवल प्रतियोगिताको फाइनल खेलमा वडा नं. १ र ९ पुग्न सफल भएको छ । झुम्का हटिया फिल्डमा भइरहेको उक्त खेलको फाइनल भोली २ बजेदेखी हुने छ । स्वास्थ्य र अनुशासनको लागि आयोजना गरिएको उक्त प्रतियोगिताले महिलाहरुको मनोबलमा साकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सोमबार बाट शुरु भएको सो वडास्तरिय भलिवल प्रतियोगितामा वडा नं. १ ले पहिलो दिन वडा नं. ६ लाई २–०को सोझो सेटमा पराजित गरेको थियो । पहिलो सेटमा २५–१६ र दोश्रो सेटमा पनि २५–१६ अंकले वडा नं. १ जितेको थियो । त्यसैगरी आज मंगलबार दोश्रो राउण्डमा वडा नं. ४ लाई २–०को सोझो सेटमा पराजित गरेको हो । वडा नं. ४ लाई पहिलो सेटमा २५–१३ र दोश्रो सेटमा २५–१० अंकको अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । त्यसतै सोमबारै भएको वडा नं. ७ र ९ बिच भएको खेलमा वडा नं. ९ले ७ लाई पहिलो सेटमा २५–१० र दोश्रो सेटमा २५–२ ले पराजित गरेको थियो भने मंगलबार भएको वडा नं. ९ र ५ बिच भएको सेमी फाइनल खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई पहिलो सेटमा २५–८ र दोश्रो सेटमा २५–१३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । रोचक खेल प्रदर्शन गरेको वडा नं. ९ ले फाइनलमा विजेता बन्ने सम्भावना बढी भएको प्रत्यक्ष दर्शीहरुले अनुमान गरेका थिए ।

फाइनल खेलमा विजय हाँसिल गर्नुहुने विजेता टिमले नगद पुरस्कार २१ हजार सहित सिल्ड, प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद १३ हजार सहित सिल्ड, प्रमाणपत्र तथा ट्रफी प्राप्त नगरपालिका श्रोतले जानकारी दिएको छ ।