झुम्का, नविन कुमार चौधरी, माघ २५

सुनसरीको रामधुनी नपा अन्तर्गत झुम्कामा अवस्थित कृषि बजार व्यवस्थापनमा नगरपालिका तथा संघ संस्था कम्मर कसेर लागेकोले बजार व्यवस्थित बन्दै गइरहेको छ ।


वडा नं. १ मा अवस्थित सो कृषि बजार कृषि उपद बजारीकरणका साथै अन्य व्यवसायको लागि पनि उपयुक्त बन्दै गइरहेको छ । कृषि उत्पादनलाई बजार मुखी बनाउन र कृषिमा आधुनिकिकरण गर्ने उद्देश्यले तत्कालिन कृषि तथा पशुपंक्षि राज्य मन्त्री रामकुमारी चौधरी बाट बजार उद्घाटन गरिएको थियो । हप्तामा दुई पटक लाग्ने हटिया तथा बजार, व्यापार व्यवसाय र व्यवसायीकतालाई महत्वका साथ नगरपालिकाले अंगालेको पाइन्छ । तत्कालिन राज्य मन्त्रीले उक्त कामको लागि ४० लाख बजेटको व्यवस्था गरिएको १ नं. वडाध्यक्ष महेश चौधरीले जानकारी दिनुभयो । उक्त बजेटबाट ४० वटा सटर बनाएको र बाकी रहेको बजेट बाटो व्यवस्थापनमा खर्च गरिएको बताउनुभयो । रामधुनी नगरपालिका, वल्डभिजन इन्टरनेशनल, युथ क्रिएसन जस्ता संस्थाको सहयोगबाट बजारलाई व्यवस्थित बनाउने काममा निरन्तर लागिरहेको बताउनुभयो ।
बजार व्यवस्थापनका निम्ति पक्की टहरा तथा टहरामा सर्टर जडान गरि सुरक्षित बनाएकै थियो यसका साथै टहरा छेउमा खालि रहेको ठाउँमा कंक्रिट ब्लक लागाउदा झनै व्यवस्थित भएको छ । रामधुनी नगरपालिकाको मुटुमाझ रहेको झुम्का बजार नगरबासीहरुको ढुक्ढुकी झै भएको भएपनि बढदो संरचना, साँघुरिदो ठाउँ तथा मुख्य राजमार्गको छेउमै बजार लाग्ने गरेको कारण रोड जाम हुने अनि दुर्घटनाको जोखिम पनि बढ्दो भएको कारणले गर्दा नगरले बजार व्यवस्थापनमा बजेट छुट्याई हाल राजमार्ग देखी पूर्व पटि सारेको छ । बजार सारे सँगै विस्तारै व्यवस्थि गर्दै गइरहेको बताउनु हुन्छ रामधुनी नपाका १ नं. वडाध्यक्ष चौधरीले । चौधरीका अनुसार वडा नं. १ ले यस आ.व.मा बजार व्यवस्थापनमा थप १५ लाख रकम विनियोजन गरेर र उपभोक्ता बाट ३ लाख रकम संकलन गरेर थप टायल (इन्टरलक) लगाइरहेको जानकारी दिनुभयो ।


नगरले बाटो व्यवस्थित गर्न नालादेखी १६ फिट सम्मको बाटो निर्धारण गरी टायल तथा ब्लक लगाइरहेको र अर्को आर्थिक वर्षमा बजार व्यवस्थापनमा थप बजेट विनियोजन गरी भित्री बजारमा पनि स्तरउन्नती गर्ने जानकारी दिनुभयो ।


यस आर्थिक वर्षमा बजार अन्तर्गतको दुर्गा मन्दिरदेखी दायाँ भागको गुद्री वरिपरी र पश्चिममा राजमार्गको नाला सम्म ब्लक लगाइसकेको, अहिले दक्षिण छेउको बाटोमा लगाउने काम भइरहेको र यस पछि दुर्गा मन्दिेर देखी उत्तर साँझा सम्म टायल बिछ्याउने योजना रहेको चौधरीले जानकारी दिनुभयो ।


३ वर्ष अघिको कृषि बजार भिडमा धुलो मय र वर्षामा हिलो मय हुने बजार ब्लक लागिसकेपछि सो समस्या नहुनेमा सेवाग्राहीहरु विश्वस्त छन् । टायल लागि सकेपछि बजार लाउने व्यापारी र सेवाग्राही दुबैलाई बजार भर्न सजिलो हुने वडाध्यक्ष चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen