झुम्का, नविन कुमार चौधरी, माघ २३
रामधुनी नपा वडा नं. ९ का वडाबासीहरुले वडामै स्वास्थ्य सेवा प्राप्त गर्न पाउन् भन्ने उद्देश्यका साथ बुधबार अस्थायीरुपमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरी सेवा सुचारु गरिएको छ ।


नौं नं. वडाध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा औपचारिक कार्यक्रम गरी सो केन्द्रको नगर प्रमुख जयप्रकास चौधरीको हातबाट समुदघाटन गरिएको हो । स्वास्थ्य चौकीको लागि वडा कार्यालयभवन सँगै जग्गा उपलब्ध गराई स्थायी भवन निर्माण भइरहेकोले अस्थायीरुपमा रामधुनी वडा नं. ९ स्थित सितपुर नहर कलभटको पुर्व पट्टि सेवा संचालन गरिएको वडाले जानकारी दिए । स्वास्थ्य चौकीका लागि जग्गा दाता श्री राजन शाह र रेनुका श्रेष्ठ का कान्छो छोरा मनिष शाहले १ कठ्ठा जग्गा उपलब्ध गराएको छ, निर्माण कार्य पूरा भए पश्चात सो केन्द्र स्थायीरुपमा सूचारु हुनेछ ।


बुधबार बाट औपचारिक रुपमा सेवा संचालन गरिएको सो स्वास्थ्य चौकीमा जेनेरल ओपिडी सेवा, प्राथमिक उपचार सेवा, प्रसर जाँच, परिवार नियोजनका अस्थायी साधन सम्बन्धि सेवा लगाएत चिकित्सक परामर्श सेवाका साथ ३५ प्रकारका औषधि निशुल्क उपलब्ध रहेको अहेव सरोज कुमार चौधरीले जानकारी दिनुभयो ।
२ जना प्राविधिक र १ जना हेल्थ असिस्टेन्टको दरबन्दि रहेको उक्त स्वास्थ्य केन्द्रमा हाल एक जना प्राविधिक अहेव सरोज कुमार चौधरी र अर्का एक जना अनमी बन्दना राई सेवाका लागि स्वास्थ्य चौकीमा कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen