झुम्का, नविन कुमार चौधरी, माघ २३
श्री नव सृजनशिल युवा क्लव डुम्राहाको आयोजनामा संचालित प्रथम प्रदेश नं. १ स्तरीय नकआउट भलिभबल प्रतियोगिताको उपाधी इनरुवाले हात पारेको छ ।


सुनसरीको रामधुनी नपा वडा नं. ९ डुम्राहामा बुधबार सम्पन्न फाइनल खेलमा ३–०को सोझो सेटमा इनरुवा नपा खेलकुद संघले आयोजक टिमलाई पराजित गरी नगद पुरस्कार रु.१ लाख १ हजार सहित सिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गरेको छ । उपविजेता आयोजक टिम नव सृजनशिल युवा क्लल रामधुनी ९, डुम्राहाले नगद पुरस्कार रु ५१ हजार सहित सिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गरेको छ । वेष्ट अफ फाइफमा खेलिएको सो खेल प्रतिस्पर्धात्मक भएता पनि विजेता टिम इनरुवाले निरन्तर ३ सेट जित्न सफल भएको हो । पहिलो सेटमा २५–१७, दोश्रो सेटमा २५–१८ र तेश्रो सेटमा २५–२३ अकं ल्याएर विजय भएको हो । यसका साथै टिमले वेष्ट प्लेयर तथा वेष्ट ब्लोकरको उपाधी पनि हाथ पारेको छ । वेष्ट प्लेयरमा टिमका खेलाडि मिलन चन्द्र ठकुरी र वेष्ट ब्लोकरमा हिमाल मगर पुरस्कृत भएको थियो । उपविजेता टिम बाट भने वेष्ट लेफ्टरमा घनश्याम गुरुङ्ग, वेष्ट स्पिकर योगेन्द्र गुरुङ्ग र वेष्ट डिफेन्डर आनन्द सिंह पुरस्कृत भएको थियो ।


डुम्राहामा पहिलो पटक संचालित प्रदेशस्तरीय उक्त भलिभल प्रतियोगितामा प्रथम पुरस्कारको धनराशी इनरुवा नगरपालिकाले उपलब्ध गराएको थियो भने द्वितिय पुरस्कारको धनराशी सिटिमार्ट डिपार्टमेन्ट स्टोरका संचालक पुष्प अधिकारीले उपलब्ध गराएको थियो । यसका साथै रामधुनी नपाले रु १ लाख १० हजार, रामधुनी ९ नं. वडाकार्यालयले ५१ हजार तथा विभिन्न वडा तथा संघ संस्था, उद्योगी, व्यवसायी तथा व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराएको आयोजक समितिले जानकारी दिए । आयोजकको तर्फबाट क्लवका अध्यक्ष दिपेश कुमार चौधरीले सहयोगी हाथहरुलाई धन्यबाद ज्ञापन गर्दै स्थानिय स्तरका खेलाडिलाई राष्ट्रिय स्तरमा पु-याउन फेरीफेरी पनि सहयोगको अपेक्षा गरेका थिए ।


सम्पन्न फाइनल खेल तथा समापन समारोहमा प्रदेश साँसद राजिव कोइरालाको प्रमुख आतिथ्यता, रामधुनी नगर प्रमुख जयप्रकास चौधरी, उपप्रमुख सविना चौधरी, इनरुवा नपा उप प्रमुख जमुना पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न दलका नेता, बुद्धिजिवी, समाजसेवी, शिक्षक, व्यवसायी तथा दर्शकहरुको वृहत्त उपस्थिति रहेको थियो ।
समारोहमा नौ. नं. वडाध्यक्ष घनश्याम चौधरी, नेकपा नेता रामप्रसाद मेहता, पुरस्कार दातरा पुष्प अधिकारी, लगाएतले शुभकामना मन्तव्य दिएका थिए । स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ संचालित उक्त भलिभल प्रतियोगिताले स्वास्थ्यको साथै समाजमा सदभाव तथा आत्मियताको विकास गर्ने कुरालाई जोड दिदैं राष्ट्रिय स्तरका खेलाडि उत्पादन होस् र यसले निरन्तरता पाओस भन्ने शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen