झुम्का, नविन कुमार चौधरी, माघ २३
सुनसरीको रामधुनी नपा वडा नं. ९को आयोजनामा डुम्राहा सामुदायिक भवनमा बुधबार निशुल्बक स्वास्थ्य शिविर संचालन भई सम्पन्न भएको छ ।

एपेक्स हस्पिटलको प्राविधिक सहयोगमा फिजिसियन सेवा तथा गाइनो सेवा उपलब्ध भएको सो शिविरमा ५० भन्दा बढी महिलाहरुले गाइनो सम्बन्धि परिक्षण गराएका थिए । त्यसैगरी १०० भन्दा बढी सेवा ग्राहीले फिजिसियन सेवा लिएका थिए । शिविरमा विशेष गरी सुगर, प्रेशर, पेटको समस्या, हाड जोर्नीै समस्या भएका विरामीहरुले लाभ लिएका थिए भने महिलाहरुको पाठेघरको समस्या, महिनावरी गडबडी लगाएत समस्याको चेक जाँच गरी डाक्टर परामर्श सहित औषधी उपचारको व्यवस्था रहेको संयोजक राजकुमारी चौधरीले जानकारी दिए ।


स्वास्थ्य परिक्षणमा झन्झट मानिरहेका महिलाहरु यसतो शिविरबाट प्रत्यक्ष रुपले लाभ लिएको सेवा ग्राहीहरुले नै बताएका छन् । साधारण समस्यालाई पनि वेवास्ता गर्दा महिलाहरुमा जटिल समस्या उब्जने र ठूलो धन राशी खर्चको कारण बन्ने भएकोले सानै समस्यालाई समयमै निदान गरियोस् र सानो सानो रोगको कारण महिलाहरु पिडित हुन नपरोस भन्ने उद्देश्यका साथ वडाले यसता शिविरहरु पटक पटक संचालन गर्दै आइरहेको वडाध्यक्ष घनश्याम चौधरीले बताउदै वडाबासीहरुको स्वास्थ्यमा हेरचाहका लागि वडामै आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सेवा प्रदान शुरु गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen