झुम्का, माघ १९
रामधुनी नपा. २ तित्रिवन देखी १०० मि. उत्तर र भुम्का कृषि फारम भन्दा ५०० मि. दक्षिण पूर्व पश्चिम राजमार्गमा आज विहान करिव ७ बजेर २५ मिनेटमा भएको सडक दुर्घटनामा हायस र बस आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । ७ जना गम्भिर घाइतेलाई न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको छ । बस चालक फरार रहेको र तिनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक कैलाश कुमार अधिकारीले जानकारी दिनुभयो ।


पुर्वबाट पश्चिम जाँदै गरेको बा.५ख ३१५७ नं. को हायस र पश्चिम बाट पूर्व आउँदै गरेको ना ५ ख ७९५ नं. को बस आपसमा ठोक्किदा दुर्घटना भएको हो । विहानको समयमा कुहिरो लागेको अवस्थामा पश्चिमबाट आउदै गरेको बसले ठक्कर दिएको हो । मृत्यु हुनेमा हायस चालक धादिङ जिल्ला बैरेनी ३ का दिपक खडका, हायस सवार भापा जिल्लाका भद्रपुर ५ बस्ने ६८ वर्षकी डोल कुमारी कोइराला, निजकै श्रीमान हेमराज कोइराला र अर्का झापा चन्द्रगढी बस्ने अन्दाजी १८ वर्षकी गरिमा गौतम रहेकी छन् । ३ जनाको घटना स्थलमा र गरिमाको उपचारको क्रममा विपि कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।


घाईतेहरु झापा कचन गा.पा.२ बस्ने वर्ष २५को श्री कृष्ण चौहान, काठमाडौं सुमिर श्रेष्ठकी ७ वर्षे छोेरी अग्रिता श्रेष्ठ, मोरङ पथरी ३ बस्ने वर्ष ४९का डिल्लिराम बास्कोटा सामान्य घाइते, भद्रपुर १० बस्ने ४१ वर्षकी तारा कुमारी राय लगायत थप ४ लाई गोल्डेन हस्पिटल विराटनगरमा उपचार गराइरहेको छ भने दमक ३ बस्ने बम बहादुर बस्नेत, चन्द्रगढी न.पा. बस्ने वर्ष १२को विनियस काफ्लेको एपेक्स हस्पिटलमा उपचार भइरहेको, त्यसतै, झापा धरमपुर बस्ने वर्ष ३७ को होमबहादुर कार्की, भद्रपुर ७ बस्ने वर्ष ४५र४६ का टंकप्रसाद काफ्लेको घोपा क्याम्प धरानमा उपचार भइरहेको छ भने बसमा सवार ३ जना घाइतेहरुको एपेक्स हस्पिटल इटहरीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकली श्रोतले जनाएको छ । बसमा सवार घाइतेहरु मकवानपुर हेटौडा बस्ने वर्ष २८ की बेदनाथ घिमिरे, मोरङ लेटाङ २ बस्ने वर्ष ३७को खगिन्द्र नेपाल र झापा कमल गा.पा. २ बस्ने वर्ष २६ को राजु कुमार शर्मा रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen