झुम्का, नविन कुमार चौधरी
नेपाली काँग्रेसको रामधुनी नगर कार्य समितिक वृहत नगर सम्मेलन बुधबार
सम्पन्न भएको छ ।
नगर सभापति सुदिप अधिकारीको अध्यक्षतामा सम्पन्न सो वृहत सम्मेलनमा केन्द्रिय साँसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नगरबासीहरुलाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष अधिकारीले प्रस्तुत गरेको नगरको प्रतिवेदनमा २०७२ सालमा गठित रामधुनी भासी नगरपालिकाको नगरको जिम्मेबारीलाई सम्हाल्दै हाल सम्मको कार्य प्रगति, उतार चढाव तथा अवसर र चुनौतिहरु प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा नागरिकको पार्टी प्रतिको विश्वास घटिरहेको र पार्टि भित्रै गुट बन्दीको अवस्था रहेकोले धेरै चुनौतीहरु सामना गर्नुपरेको जानकारी दिए ।

नगरका चुनौतिलाई आत्मसात गर्दै केन्द्रिय नेता गगन थापाले अवका दिनमा नेपाली काँग्रेस सजग र सवल नभएमा जनताको विश्वास जित्न सक्दैन भन्ने कुरामा जोड दिएका थिए । उहाँले वर्तमान सरकार स्थापित गर्नुमा नेपाली काँग्रेसको नेत्रीत्वदायी भूमिका रहेको बताउदै सहज वातावरणमा सत्ता सुम्पिदा पनि नेपाली जनताले विभिन्न समस्याबाट गुज्रिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “ राणाहरुले १०४ वर्ष, राज तन्त्रले ३० वर्ष, माओवादीले ३० वर्ष नष्ट गरेर बल्ल प्रजातन्त्रात्मक गणतन्त्र यूक्त संवैधानिक व्यवस्था कायम भएको हो । नेका ले राणाहरुको १०४ वर्षको कठोर शासनलाई अन्त्य गर्ने नेपाली काँग्रेस हुन, ३० वर्षको राजतन्त्र अन्त्य गर्ने नेपाली काँग्रेस हुन, माओबादी र नेपाल कम्यूनिस्टलाई एक गर्ने देखी आपूm हारेर संविधानको चुनाव गराउने नेपाली काँग्रेस हुन । ” सम्पूर्ण कुराको तालमेल बनिसकेको अवस्थामा देशका जनता समस्याबाट नउक्सिनुको कारण के हो ? उहाँले प्रश्न गर्र्नुभयो ।

उहाँले थप्नुभयो “सरकारले वृद्ध भत्ता बढाउनु राम्रो हो तर भत्ताबाँड्ने ढुकुटी जुन विदेशी रेमिट्यान्स बाट संचालित छन्, भन्सारबाट संचालित छन यदि सो रेमिट्यान्स नै नरहेमा भत्ता कहाँबाट वृद्धि हुने ? कुनैदिन नेपालीहरु महिनामा ४००० रोजगारीका लागि विदेशिन्थे भने हाल दिनमा २००० विदेशीनुको कारण के हो ? लगाएतका प्रश्न अव जनताले उठाउनुपर्दछ स्थानिय निकाय सँग, प्रदेश सरकार सँग र केन्द्रिय सरकार सँग भन्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।” उहाँले जनतालाई प्रश्न उठाउन सक्ने क्षमता अभिवृद्धिकालागि नेपाली काँग्रेसका नेता कार्यकर्ताले जिम्मेबारी लिनुपर्नेमा जोड दिएका थिए ।