झुम्का, नविन कुमार चौधरी
रामजानकी आधारभूत विद्यालय, रामधुनी २ करमैनियाटोल शिवनगरका विद्यार्थी छात्र छात्राहरुलाई एक कार्यक्रम विच छालाको जुत्ता वितरण गरिएको छ ।
विश्व शान्ति एकता मञ्च को अगुवाई तथा गौरी शंकर बचततथा ऋण सहकारीको सहकार्यमा इटहरी १ निवासी व्यवसायी तथा समाजसेवी राम बहादुर अधिकारीको आर्थिक सहयोगमा जुत्ता वितरण गरिएको हो । विद्यालयमा जम्मा एक देखी ५ कक्षा सम्म ९५ विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

विश्व शान्ति अभियानता रामबहादुर लिम्बुको अगुवाईमा सहयोगी हाथहरुलाई समाज सेवामा तल्लिन गरी विभिन्न समुदायमा राहत वितरणका कार्यक्रमहरु गरिदै. आइरहेको लिम्बुले जानकारी दिनुभयो । समाज सेवामा उठ्ने हातहरु सधैं माथिहरुलाई धन्यवाद दिदैं दलित तथा पिछ्डा वर्गका विद्यार्थीहरु पठनपाठन गरिरहेका सो विद्यालयका अभिभावक तथा व्यवस्थापन समितिका पदादिकारीहरुलाई आफ्ना बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नगर्न अनुरोध गर्नुभयो ।
सहयोगी भावनाका महान व्यक्तित्व समाजसेवी एवं शान्ती अभियान्ता कार्यक्रमका प्रमुख अतिथि राम बहादुर अधिकारीले सहयोग गर्न धन होइन मन हुनुपर्दछ भन्ने धारणा व्यक्त गर्दै भविष्यका कर्णधारहरुलाई शिक्षित बनाउने लक्ष्यका साथ सहयोग गरेको बताउनुभयो । उहाँले यस भन्दा अगाडि विद्यालयमा न्यानो कपडा वितरण गर्न आएको बेला चिसो मौसममा खाली खुट्टामा बालबालिकालाई देखेपछि जुत्ता वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आज सो प्रतिबद्धता पूरा गर्न पाउदा अत्यन्तै गौरव महशुस भएको बताउदै उहाँले उत्कृष्ट विद्यार्थी दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने तथा अभिभावकको लागि पनि दुइै जनालाई बैदेशिक रो्जगारमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गौरी शंकर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सरस्वती चौधरीले सहयोगी व्यक्तिलार्य धन्यवाद दिदै अभिभावकलाई आफ्ना विद्यार्थीहरुलाई पोशाक र जुत्ताको लागि मात्र नभई जिवनको आधार तथा अति आवश्यक शिक्षाको लागि नियमितरुपमा विद्यालय पठाउनहुन अनुरोध गर्नुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिीका अध्यक्ष शनिश्चर मोचीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापनका अध्यक्ष तथा सदस्यहरु, जनप्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरु, अभिभावक, शान्ती अभीयान्ता अशोक चौधरी र जिवन कुमारी चौधरी लगाएतको सहभागिता रहेको थियो ।