झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ स्थित नेपाल सितोरियो कराँते संघ इचौलको आयोजनामा माघ १२ र १३ गते प्रथम नगर स्तरिय कराँते प्रतियोगिता कार्यक्रम हुने भएको छ ।
कराँते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र सहभागिका लागि सम्पूर्ण पक्ष तथा नगरका प्रतियोगिहरुलाई पत्राचार भइसकेको आज सम्पन्न पत्रकार सम्मेलनमा सभापति भिखन राजधामीले जानकारी दिनुभयो । खेल आत्मबल र आत्मअनुशासनको श्रोत भएकोले यसले समाजमा सकारात्मक सोचको विकास गर्दछ, नगर बाटै राष्ट्रिय स्तरको कराँते विद्याका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ ओइलाउदै गरेको यस खेललाई उत्साहपूर्वक ढंगबाट फस्टाउनको लागि यो प्रतियोगिता गर्न लागिएको आयोजक समिति तथा सम्मेलनका सभापति धामीले जानकारी दिनुभयो ।

कराँते जगतमा नेपालकै पहिलो पटक थानेश्वर राईले ल्याउन सफल बक्लौरीमा यसको प्रभाव घटन थाले पछि यसको विकासका निम्ति प्यावसन सुनसरी सँग सहकार्य गरी रामधुनीका विभिन्न संस्थागत विद्यायलहरुमा कराँते प्रशिक्षण सुरु गरिएको अग्रज तथा बुद्धिजिवी दिपेन्द्र विष्टले बताउनुभयो । यस प्रतियोगिताले स्थानिय स्तरको कराँते खेलाडि उत्पादनमा जोड दिनुका साथै यूवावर्गलाई कुलतबाट असल लतमा ल्याउन र नागरिक समाजमा अनुशासनको पाठ सिकाउनमा सहयोग पुग्ने बताउनुभयो । विष्टले कराँते अनुशासनको माध्यम भएकोले विद्यार्थीहरुलाई फोकस गरी यस खेलको विस्तार गरिएको र यसले समाजमा सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्यावसन जिल्ला अध्यक्ष तथा रामधुनी नगर संयोजक शिव कुमार राईले हिमालको विचमा नेपाल ताल, बुद्धको देशमा बुद्धिको अनिकाल भन्ने लोकोक्ति दर्शाउदै खेल बुद्धिको उदगम विन्दुभएको तर्क प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो मानिसको प्रतिभालाई कसैले रोक्न सक्दैन तर त्यसलाई उब्जाउनको लागि आत्मविश्वासको खाँचो हुन्छ जसरी धुवा निस्कन आगोको खाँचो हुन्छ। शुन्य अवस्थामा पुगेको यस खेललाई मौलाउनको लागि यो प्रतियोगिता आगो सावित भएको उहाँले तर्क गर्नुभयो । उहाँले कराँतेले मानिसलाई स्वास्थ्य प्रदान, अनुशासन सिकाउने र हार स्वीकार गर्ने क्षमत्ताको विकास गर्ने कुरा बताउनुभयो ।
पहिलो पटक सुरुवात गर्न लागिएको कराँते प्रतियोगितामा जम्मा ७ टिमले विभिन्न नगरपालिकाका खेलाडिहरुले भाग लिनेछन् । महिला तर्फ २० देखी ६० वर्ष सम्म तथा पुरुष तर्फ २० देखी ७० वर्ष उमेर समुहका खेलाडिहरुलार्य सहभागी गराउने आयोजकले जानकारी दिनुभयो । प्रतियोगिता संचालनमा करिब तिनलाख छयालिस हजार छ सय खर्च हुने अनुमान गरिएको छ । उक्त खर्चको बजेट विभिन्न संघ संस्था, व्यवसायी, विद्यालय तथा रामधुनी नगरपालिका र वडाहरुले आर्थिक सहयोग गर्ने जनाएको छ । पुरस्कारमा ३१ स्वर्ण पदक, ३१ रजत पदक र ६२ कास्य पदक को व्यवस्था रहेको छ ।