झुम्का, नविन कुमार चौधरी
नेपाल र्पूव प्रहरी संगठन रामधुनी इकाई कमिटिले एक कार्यक्रम विच आजिवन सदस्यहरुलाई खादा तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ ।
रामधुनीमा २०७५ सालमा गठन भएको सो संगठनमा हाल ७२ जना सदस्यहरु रहेका छन् । प्रहरीमा अवकास प्राप्त व्यक्तिहरु सरकारी नियम कानुन बुझेको हुनाले समाजमा साकारात्मक परिवर्तनमा तिनको प्रमुख भूमिका रहेकोले पूर्व प्रहरी र बहालबाला प्रहरी बीचको आपसी समन्वय गरेर समाज सेवा गर्ने र सु संस्कारको विकासमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाका अध्यक्ष चित्र बहादुर कार्कीले बताउनुभयो ।

संगठनमा आवद्ध पूर्व प्रहरीहरुले मर्दा पर्दा २५ हजार क्रिया खर्च उपलब्ध गराउने, त्यसैगरी संगठनको सिफारिसमा जटिल किसिमको रोगहरुको उपचारको लागि प्रहरी कल्याणकोषबाट एक लाख बरावरको उपचार खर्च र आत्मनिर्भरताको लागि माछापुछ«े बैकबाट विना धित्तो ३ लाख सम्मको ऋण सुविधा उपलब्धहुने अध्यक्ष कार्कीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित इलाका प्रमुख प्रहरी निरिक्षक कैलाश कुमार अधिकारीलाई स्वागत सम्मान गरि पूर्व प्रहरी संगठनले सामाजिक उत्तरदायित्व निर्वाहमा सधैं साथ दिने वाचाका साथ बहालबाला प्रहरीलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख प्रहरी निरिक्षक अधिकारीले पूर्व प्रहरीले समाजमा प्रत्यक्षरुपमा सहभागि भइरहेकोले समाजका विभिन्न समस्यालाई नजिकबाट नियालेको हुनाले सामाजिक संस्कारलाई सुसंस्कृत गर्नमा सघाउ पुग्ने भएकोले ठूला अपेक्षा गरेको बताउनुभयो । उहाँले पकली क्षेत्रमा लागुपदार्थ दुव्र्यसनीको समस्या विकरालरुपमा बढ्दै गइरहेकोले यो समस्या सामाधानमा उनीहरुको साथ सहयोग महत्वपूर्ण रहेको र यसलाई आत्मसात गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रहरीको तर्फबाट पूर्व प्रहरी निरिक्षक नारायण कोइराला, पूर्व प्रहरी नायव उपरिक्षक तथा बरिष्ट सल्लाहकार हरिनारायण चौधरी, पूर्व प्रनानी श्याम कुमार श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । मन्तव्यमा पूर्व प्रहरीहरुले बहालबालाहरुलाई सहयोगमा सधै तत्पर रहने जानकारी दिनुभयो । साथै संगठनले अवकास प्राप्त प्रहरी भएकोले कानुन र समाज दुबैलाई नजिकबाट नियालेकोले समाजिक संस्कारलाई सु संस्कृत गराउनेमा सक्षम रहेको बताउनुभयो ।