झुम्का, नविन कुमार चौधरी
समाविका मंच सुनसरीको आयोजनामा ग्रामथान संरक्षणका लागि ग्रामथान अगुवा तथा बासिन्दा सहितको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।


अन्तरक्रियामा थारु समुदायको परापूर्व काल देखीको धर्म कर्मलाई प्रत्यक्ष सम्बन्ध रहेको ग्रामथानको संरक्षण कसरी गर्ने भन्ने विषयमा चर्चा गरिएको थियो । थारु समुदायको पहिचानको मुख्य धरोहरको रुपमा रहेको ग्रामथान आर्थिक विकासको क्रम सँगै अधिक्रमणहुने समस्या पैदा भएकोले सो समस्या समाधान हेतु वृहत्त छलफल तथा परामर्शको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा अगुवा हरुले ग्रामथान अधिकरणको कारण बाटोको समस्या, विस्थापन समस्या, ऐलानी जग्गामा रहेको कारण अस्तित्वमा समस्या भएको जिज्ञासा राखेका थिए । ग्रामथान नम्बरी जग्गामा भएपनि व्यक्तिकै नाममा रहेकोले भावी पूस्ताले सो जग्गा विक्रि गरेमा अस्तित्व समाप्तहुने समस्या भएको लगाएतका कुराहरु उठाएका थिए ।
ग्रामथानले थारु समुदायको पहिचान र बसोबासलाई अंकित गर्दछ र ग्रामथानको अस्तित्व मेटिएमा थारुको अस्तित्व मेटिने भएकोले यसको संरक्षण आवश्यक रहेको कार्यक्रममा उपस्थित अतिथिहरुले बताए । वक्ताहरुले ग्रामथान जन्मदेखी मरण सम्मको व्यवहार, पूजा पाठ, विवाह, भाकल, पर्वमा ग्रामथानको साक्षी राखिने भएकोले यो अपरिहार्य रहेको बताए ।
पूर्व भासी गाविस अध्यक्ष शंकरलाल चौधरीले ग्रामथानको महत्व दर्साउदै यसको संरक्षण हेतु सर्व प्रथम ग्रामथानलाई संस्थागतरुपमा दर्ता गर्नुपर्ने बताउनुभयो । ग्रामथान अगुवा जसलाई पुजहैरको रुपमा पनि भनिन्छ, ग्रामथानको अगुवा मात्र नभई पूरै गाँउको अगुवा भएकोले यसको संरक्षणले गाँउकै संस्कारलाई सही बाटो तिर डो¥याउने तर्क दिनुभयो । मानविय व्यवहारलाई सुसंस्कारतर्फ डो¥याउने भएकोले वडा तथा नगरले निश्चित बजेट ग्रामथानको लागि छुट्याउनुपर्नेमा जोडदिनुभयो ।


समाजसेवी केशीलाल चौधरीले पनि ग्रामथानको संरक्षणमा वडाले संरक्षणको पहल गर्नुपर्ने बताउदै ग्रामथान दर्ता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले परापूर्व कालदेखी भोग चलन गर्दै आइरहेको सामुदायिक पोखरी, कुण्ड, घाट, ग्रामथानहरु अधिकरणमा पर्ने समस्या भएकोले समय रहदै तिनलाई संवैधानीक हक अधिकारको आयोग अनुरुप संरक्षण गरिनुपर्नेमा जोड दिदै थाकस लगाएतका संगठनले यसको खोज अनुसन्धान गनुपर्ने सुझाव दिनुभयो ।
पत्रकार धिरेन्द्र चौधरीले आदिवासी सम्बन्धि हकमा जल, जंगल, जमिनमा पहिलो अधिकार आदिवासीको भएको बताउदै यस मुदालाई सक्षमतापूर्वक लडिरहेको आइएलओ तथा लाहोर्निप जस्ता अन्तराष्ट्रिय संगठनले पहल गरिरहेको बताउनुभयो । ग्रामथान संरक्षण अभियानकै लागि यसता संगठन गठन भएको बताए । थारु समुदायको अगुवा छानिने परम्परा ग्रामथानले निर्धारण गर्ने बताउदै पहिलाको समयमा थारु समुदायको वार्षिक रुपमा माघ १ गते समिक्षा समारोह तथा अगुवा छान्ने कार्यक्रम रहेको अवगत गराउनुभयो ।
पूर्व थाकस केन्द्रिय अध्यक्ष चन्द्र कुमार चौधरीले ग्राम थान संरक्षणको एकमात्र उपाय दर्ता रहेको र दर्ता प्रक्रिया निकैनै जटिल एवं झन्झटिलो भएकोले यसको लागि नगर, वडा तथा ग्रामथान अगुवाहरुलाई ठूलो चुनौति रहेको बताउनुभयो । उहाँले ग्रामथानको विकासको लागि नगर र वडा बाटै बजेट छुटिनुपर्ने, संरक्षण समिति गठन हुनुपर्ने तथा सम्पूर्ण समुदाय दत्त चित्त भएर लाग्नुपर्नेै बताउनुभयो ।


सबै अतिथि तथा ग्रामथान अगुवाहरुको कुरालाई मनन् गर्दै नगर प्रमुख जयप्रकास चौधरीले ग्रामथान संरक्षण थारु समुदायको मात्र नभई सम्पूर्ण समुदायको धरोहर भएको तथ्य प्रस्तुत गर्दै अन्य समुदायमा पनि ग्रामथानको महत्वको बारेमा बुझाउन जरुरी रहेको बताउनुभयो । ग्रामथानमा सबै समुदायका सरदार तथा अगुवा पूर्खाहरुकै पूजा गरिने भएकोले सबै समुदाय यसको संरक्षमा लाग्नुपर्ने जिकिर गर्नुभयो । उहाँले नगरले ग्रामथान विकास र संरक्षणको लागि बजेट समेत छुट्याइ सकेको र प्रत्येक वडामा रहेको ग्रामथान संरक्षण नगरको दायित्व भएकोले यसको संरक्षणको प्रतिबद्धता प्रकट गर्नुभयो ।
कार्यक्रममा समाविका विकास मंचका संयोजक तथा पुर्व थाकस जिल्ला सचिव मनोज चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा रामधुनी नगरपालिकाका नौं वटै वडा मिलाएर जम्मा ७८ वटा ग्रामथान रहेको उल्लेख रहेको थियो । सो अनुसार रामधुनीमा कम्तिमा पनि ७८ वटा थारुहरुको गाउ बस्ती रहेको प्रष्ट हुनजान्छ । उहाँले ग्रामथान संरक्षण नहुनुमा थारु समुदायको लापर्वाही रहेको बताउदै आफ्नो मौलिक संस्कारलाई छोडेर अरुको संस्कारलाई अँगाल्नाले यो संरक्षणको चुनौति भएको बताउनुभयो ।
विशेषगरी ग्रामथानमा राजाजी, लाटिबौकी, सलहेस, तुमरो मूखिया, गहील, कन्स सरदार, मुसरन सरदार, धामी धमयाइन, खाँखी बाबा, बलखन्डीबाबा, विच्छुधामी, लुल्ही गहिल, भगबती देवी, विरहुला, दलसिंह धामी, देव सुब्बा, कोटी देबता, जल, पवन, अग्नी, जमिन तथा अग्रज पूर्खाहरुको समेत पूजा गरिन्छ । यस अनुसार सम्पूर्ण समुदायका जिम्मेबार सरदार तथा अग्रजहरुलाई थारु समुदायले सम्मान गरेको र सधै सम्मान जनाउदै आइरहेको कार्यपत्रमा चौधरीले प्रस्तुत गरेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen