झुम्का, नविन कुमार चौधरी
थारु समुदायको प्रमुख परिकार तिलको लड्डु तथा घोङ्ही, झुना, माछा, वगियालाई प्रमुख आकर्षणको रुपमा प्रस्तुत गर्दै झुम्कामा चौथो तिलासंक्राइत तथा माघ महोत्सव भव्यताका साथ मानाएको छ ।

थारु परिकारका साथै थारु साँस्कृतिक पहिरण तथा आधुनिक, पौराणिक गित संगितले कार्यक्रमलाई थप आकर्षित तुल्याएको थियो । प्रत्येकवर्ष माघ तथा तिलासंक्राइत पर्वको आगमनलाई स्वगत गर्दै झुम्कामा थारु महिला उत्थान समाज, सुनसरीले विशेष कार्यक्रम गर्ने गर्दछन् । तिलासंक्राइत पर्वमा प्रमुख मानिएको तिल तथा भुजाको लड्डु साथै विभिन्न परिकारहरु पनि ग्रहण गर्ने गरिन्छ । यसका साथै यस पर्वमा हिन्दु धर्मशास्त्र अनुसार मकर स्नान गर्नाले मानिसको तन मन दोष मूक्त हुन्छ र शरिमा रहेको चर्म सम्बन्धि रोगहरु हटेर जान्छ भन्ने विश्वास लिएको छ ।
थारुहरुको पौराणिक एवं महत्वपूर्ण चाँडको रुपमा रहेको यसै पर्वको अवसरमा विभिन्न परिकारको स्टल सहित कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिकोरुपमा आसिन प्रदेश साँसद नवोदिता चौधरीलाई लाईको मोटा (तिल तथा भुजाको लड्डु मोटा) बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । स्थानिय कलाकार गायक सुनिल चौधरी, गायिका अनुमा चौधरी, गिता चौधरी, श्रीनिवास थारु, हाँस्य कलाकार बरेलिबालीको जमोदर कुलदिप चौधरी लगाएत राष्ट्रिय कलाकार तथा गायकहरुको प्रस्तुती रहेको थियो ।