झुम्का, नविन कुमार चौधरी
सानाकिसान कृषि सहकारी संस्था लि. रामधुनी ६, बक्लौरीको १६ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
भरत प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न सो सभामा आर्थिक प्रगति प्रतिवेदन प्रवन्धक मिनराज राईले प्रस्तुत गरेको थियो । ९६१ जना शेयर सदस्य रहेको संस्थाको हेयर पूजी हाल ८७ लाख, ९८ हजार, बचत ३ करोड ५२ लाख, ४९ हजार रहेको छ भने लगानी ७ करोड ४२ लाख, ६४ हजार रहेको छ भने मुनाफा २६ लाख, ६४ हजार रहेको छ । संस्थाले यस वर्ष शेयर सदस्यहरुलाई ३ लाख १२ हजार १६९ रुपैंया वितरण गर्न सफल भएको छ ।

कार्यक्रममा उत्कृष्ट ऋणी समुहहरु, बढी शेयर रकम पुर्यांउने सदस्य, उत्कृष्ट विद्यार्थीहरु, तथा पशुधन सुरक्षणको रकम सहित वितरण गरिएको थियो । उत्कृष्ट ऋणी समुह अन्तर्गत समुह नं. १९०का नन्द कुमारी खत्री, समुह नं. १८५ का शान्ता कुमारी परियार, लगाएत १० जनालाई सम्मान गरेको थियो । बढी शेयर रकम जम्मा गर्नेमा १(ख) समुह नं. १८७ का सरोजनी चौधरी त्यसैगरी बढी बचत गर्ने समुह नं. ८५ का गायत्रि देवी आचार्य, शुभद्रा रिजाल, पुण्य कुमारी वस्ती, पार्वती बजगाई लक्ष्मी अधिकारी गिता अतिवडा लाई सम्मान गरेको थियो । उत्कृष्ट विद्यार्थीमा सामुदायिक तर्फ अन्तर समुह १० समुह नं. २६६ को गंगा कटुवालको छोरी अपेक्षा बटवाल र निजि विद्यालय तर्फ अन्तर समुह १० समुह नं. २३८ को ईन्द्र कुमारी निरौलाको छोरा अस्मित दाहाल लाई सम्मान गरेको छ । त्यसतै श्याम ना. राजधामी, तारादेवी खतिवडा लार्य पनि सम्मन गरेको छ भने पशुधन सुरक्षण को रकम अन्तर समुह ५का समुह नं. २२३ की शेयर सदस्य सुनिता कुमारी चौधरीलाई नगद रु. २५ हजार प्रदान गरिएको थियो ।
सभामा प्रमुख अतिथि रामधुनी नगर प्रमुख जयप्रकास चौधरीले साना किसान कृषि सहकारीले किसानहरुको पिर मार्कालाई आत्मसात गर्दै कृषि उत्पादनमुलक कार्यमा लगानी गरेर कृषकहरुको जिवन विकासमा ठूलो सहयोग गरिरहेको बताउदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । नगरले सहकारी विकासको लागि विविध कार्यक्रम ल्याइरहेको बताउदै सामाजिक विकासमा सहकारी संस्थाहरुले योजना माग गरेमा नगरले सहयोग गर्ने बताउनुभयो । आदर्श मा.वि.को प्रागंनमा सम्पन्न सो सभामा ६३० सदस्य उपस्थित रहेको थियो