झुम्का, नविन कुमार चौधरी
मैत्री बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार नवौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७५ः७६को वार्षिक प्रगति प्रतिवेदन, आव ०७६ः७७को वार्षिक वजेट प्रस्तुती, गरिनुका साथै उत्कृष्ट ऋणी, वचतकर्ता, अधिकतम शेयर खरिदकर्तालाई सम्मान गरिएको थियो । हरिलाल चौधरीको सभापतित्वमा सम्पन्न सो साधारण सभा जेष्ठ नागरिक सरोकार समुहको भवनमा सम्पन्न भएको हो । कार्यक्रममा सदस्यहरुको वृहत्त उपस्थिति रहेको थियो ।