झुम्का, नविन कुमार चौधरी
श्री चन्द्र कमल मा.वि. मर्चैयाको प्राङ्गनमा शनिवार सम्पन्न निशुल्क आँखा तथा कान जाँच शिविरमा १३१ जनाले आँखा तथा कान जाँच गराएको छ । जस मध्ये ४० जना मोतिया विन्दुको विरामी फेला परेको थियो ।
आँखा तथा कान मानिसको चेतनाको प्रमुख श्रोत भएकोले मानव चेतनालाई ह्रास हुन नदिने उद्देश्यले पटक पटक वडाले शिविर संचालन गर्दै आइरहेको वडाध्यक्ष घनश्याम चौधरीले बताउनुभाये ।


पहिला पनि एउटा आँखाको सफल सल्यक्रिया पछि अर्को आँखा जाँचकालागि आएको समस्या भएका मानिसहरुले बताएका छन् । शिविरले बुढाबुढीहरुलाई निकैनै राहत पुगेको लाभग्राही स्थानिय रामकुमार चौधरीले एउटा आँखा अपरेशन पछि स्पष्ट देखिने भएको बताउदै अर्को आँखा जाँच गर्न आएको बताए ।


विराटनगर आँखा अस्पताल, विराटनगरको आयोजना तथा रामधुनी नपा वडा नं. ९को समन्वयमा संचालन गरिएको शिविरमा मोतिया विन्दुका विरामीहरुलाई आजै सल्यक्रियाको लागि विराटनगर लगिएको छ । शिविर व्यवस्थित ढंगबाट संचालन भएको र व्यवस्थापनका लागि स्वयम्सेवकहरु तथा सुरक्षाकर्मीहरु खटिएको थियो । विरामीहरुलाई सहुलियत दरमा औषधि तथा चस्माको समेत व्यवस्था रहेको थियो । यो सहित मर्चैयामा चौंथो पटक आँखा शिविर संचालन भएको र ६० भन्दा बढी मोतिया विन्दुका विरामीको सफल सल्यक्रिया गरिएको शिविर सहयोगी धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen